शिक्षा विधेयककाे विराेधमा शिक्षक महासंघद्वारा आन्दाेलन घाेषणा
महासंघले शुक्रबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै ११ गतेदेखि विधेयकको विरोधमा देशभर सडक आन्दोलन सुरू गर्ने जनाएको हो ।
_hSBCLrVkQp_80oqtyak0t1eu0yd8cgx2ffwlsffzszgtmy8tzljvveaiyldflqlyi66tyxg_a7mC37rzYN_4jkczt7obkrppgzu5x4uuu3scheo16qrekzkylh7rrd9kdt3kllt9yxxxrzc.jpeg)
विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षक महासंघले आन्दोलन घोषणा गरेको छ ।
महासंघले शुक्रबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै ११ गतेदेखि विधेयकको विरोधमा देशभर सडक आन्दोलन सुरू गर्ने जनाएको हो ।
महांसघले ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री, सबै राजनीतिक पार्टीको दलहरु, विभिन्न समितिका सभापतिहरुलाई भेटेर ध्यानाकर्षण गर्ने जनाएको छ । सोही दिन दुई घण्टा धर्ना गर्ने, शुक्रबार सबै पालिकामा र १५ गते सबै जिल्लाको सम्वय इकाइमा ध्याकर्षण पत्र बुझाउने र २१ गते दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने महासंघले जनाएको छ ।
संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पारित गरेको विद्यालय शिक्षा विधेयक आफूसँग भएकाे सहमतिअनुसार नरहेको महासंघको ठहर छ ।
प्रस्तावित विधेयक सहमतिअनुसार नभएकाले तत्काल फिर्ता गर्न र २०७५, २०७८, २०८० र २०८१–०८२ सालमा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न महासंघले माग गरेको छ ।
२०८२ वैशाख १७ गते मन्त्रिपरिषद्बाट पारित भएका ९ बुँदा समेत अझै कार्यान्वयन नभएको महासंघले जनाएको छ ।
अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा र २५ प्रतिशत खुलाबाट हुनुपर्ने माग महासंघको छ । विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुलाबाट गर्ने प्रावधान राखिएको छ ।
विधेयकमा स्थायी शिक्षकको आवधिक बढुवाको प्रबन्ध समावेश नभएको र अस्थायी अवधिको गणना नभएको महासंघले जनाएको छ ।
म्याद सकिएका अध्यापन अनुमतिपत्रको म्याद थप्ने कुरा नसमेटिएको र शिक्षकको विभागीय कारवाहीको व्यवस्था सहमतिअनुसार नभएको महासचिव तुलाबहादुर थापाले बताउनुभयाे ।
विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको, बालकक्षा शिक्षकको पद र सेवा–सुविधा निश्चित नभएको, संस्थागत विद्यालयका शिक्षकको सेवा र अव्यfवहारिक सरुवा प्रणालीको व्यवस्था ल्याइएको र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने प्रावधान राखिएकाेमा महासंघकाे आपत्ति छ ।
‘शिक्षकलाई राष्ट्रिय क्याडरबाट स्थानीय क्याडरमा रुपान्तरण गर्ने षडयन्त्र भएकाे छ,’ महासचिव थापाले भन्नुभयाे ।
सम्बोधन हुन छुटेका सबै विषय सहमति अनुसार प्रतिवेदनमा समावेश गर्न र प्रतिनिधि सभामा पेश गर्न महासंघले सरकारसँग माग गरेको छ ।

विद्यालय शिक्षा विधेयक संशोधन गर्न माग

भदाै १८ पछि विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालककाे चेतावनी

प्रिन्सिपलद्वारा कक्षा ५ का बालकमाथि निर्घात कुटपिट

शिक्षक महासंघकाे पहिलाे चरणकाे आन्दाेलन सुरु

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
_dGnKEbOccv_vjvmmjzmdn0alnjkqr4eyiwocueudtuaeqq56qyrszjuj9o1moyxik7pvzuh_hR1aUYPe6h_ibc0srhbl7eh29uwzoorauywtlhmphscfbsx5qawcsnbmcpznkxmnzlixhvk.jpeg)
निजी विद्यालय सञ्चालककाे प्रदर्शन : 'गैरनाफामूलक चाहिँदैन, पूर्ण छात्रवृत्ति ला…

विद्यालयलाई गैरनाफामूलक बनाइने वाक्यांश हटाउन माग

प्रतिक्रिया