बुधबार १८ भदौ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

हाम्रा बाबा !

बाबासँग स्कुल जान्छौँ अ‍ौँला समाएर – पढ्छौँ, खेल्छौँ, गीत गाउँछौँ साह्रै रमाएर ।

धेरै दुःख गरेर पढाउँछन्, लेखाउँछन्
हाम्रा बाबा हामीलाई बाटो देखाउँछन् ।

माया दिने बाबाको काखमा हामी बस्छौँ
न्यानो माया पाएर पढ्न कम्मर कस्छौँ ।

किताब किन्न कापी किन्न पैसा दिनुहुन्छ 
हाम्रा बाबा हामीलाई काखमा लिनुहुन्छ ।

बाबासँग स्कुल जान्छौँ अ‍ौँला समाएर
पढ्छौँ, खेल्छौँ, गीत गाउँछौँ साह्रै रमाएर ।

धेरै पढी उन्नतिको शिखरमा छुन्छौँ
भोलि हामी बाबाजस्तै ठूलो मान्छे हुन्छौँ ।


- भोर्लेटार, लमजुङ ।

रमेशचन्द्र घिमिरे

(घिमिरे नेपाली लेखक सङ्घ गण्डकी प्रदेश कार्य समितिका सचिव हुनुहुन्छ । उहाँका बालसाहित्यका कृतिहरु प्रकाशित छन् ।)