विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
विधेयकमा राखिएका केही प्रावधानमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन । विधेयकमा माओवादी, रास्वपा र राप्रपाले फरकमत राखेका छन् ।
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ ।
प्रतिनिधिसभाअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले बिहीबार विधेयक पारित गरेको हो । विधेयकमा राखिएका केही प्रावधानमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन ।
विधेयकमा माओवादी, रास्वपा र राप्रपाले फरक मत राखेका छन् । माओवादीका देवेन्द्र पौडेल, रेखा शर्मा, ज्ञानु बस्नेत र महिन्द्रराय यादव, रास्वपाका सुमना श्रेष्ठ र राप्रपाका बिना जैसवालले फरक मत राख्नुभएकाे हाे ।
लामो समयदेखि विवाद हुँदै आएको आवासीय विद्यालयमा छात्रवृतिको विषय समितिले टुंगो लगाएको छ । जसमा सरकारले साढे २ प्रतिशत छात्रवृति प्रस्ताव गरेकोमा ३ प्रतिशतमा सहमति भएको छ ।
यसबीचमा उपसमिति नै बनाएर सहमति जुटाउने गरी पटकपटक प्रतिवेदन तयार गरिएको थियो तर पारित हुन सकेको थिएन । शिक्षा विधेयकका केही प्रावधानलाई लिएर निजी विद्यालय सञ्चालकहरूले बिहीबारबाटै आन्दोलनसमेत थालेका छन् ।
विधेयक आगामी प्रतिनिधिसभा बैठकमा पेश गर्ने समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिनुभयाे । उहाँका अनुसार उक्त विधेयक समितिमा करिब ९ महिनाअघि २०८१ मंसिरमा आएको थियो ।
तेस्रो बालसाहित्य महोत्सव : बालसाहित्य र सम्पदा–संस्कृतिमा बहस
विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई शिक्षा मन्त्रालयकाे १० बुँदे निर्देशन
जाडाे बढेपछि मधेशका पालिकाले दिन थाले विद्यालय बिदा
करियर शिक्षा : भविष्यको नक्सा कोर्दै विद्यार्थी
मन्त्रीकाे स्वागतमा खटाइए बालबालिका
एमबिबिएस प्रवेश परीक्षामा प्रथम हुने छात्रालाई सम्मान
देशभरका सामुदायिक विद्यालयका नाममा रहेका जग्गा खाेज्दै शिक्षा मन्त्रालय
प्रतिक्रिया