विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
विधेयकमा राखिएका केही प्रावधानमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन । विधेयकमा माओवादी, रास्वपा र राप्रपाले फरकमत राखेका छन् ।

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ ।
प्रतिनिधिसभाअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले बिहीबार विधेयक पारित गरेको हो । विधेयकमा राखिएका केही प्रावधानमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन ।
विधेयकमा माओवादी, रास्वपा र राप्रपाले फरक मत राखेका छन् । माओवादीका देवेन्द्र पौडेल, रेखा शर्मा, ज्ञानु बस्नेत र महिन्द्रराय यादव, रास्वपाका सुमना श्रेष्ठ र राप्रपाका बिना जैसवालले फरक मत राख्नुभएकाे हाे ।
लामो समयदेखि विवाद हुँदै आएको आवासीय विद्यालयमा छात्रवृतिको विषय समितिले टुंगो लगाएको छ । जसमा सरकारले साढे २ प्रतिशत छात्रवृति प्रस्ताव गरेकोमा ३ प्रतिशतमा सहमति भएको छ ।
यसबीचमा उपसमिति नै बनाएर सहमति जुटाउने गरी पटकपटक प्रतिवेदन तयार गरिएको थियो तर पारित हुन सकेको थिएन । शिक्षा विधेयकका केही प्रावधानलाई लिएर निजी विद्यालय सञ्चालकहरूले बिहीबारबाटै आन्दोलनसमेत थालेका छन् ।
विधेयक आगामी प्रतिनिधिसभा बैठकमा पेश गर्ने समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिनुभयाे । उहाँका अनुसार उक्त विधेयक समितिमा करिब ९ महिनाअघि २०८१ मंसिरमा आएको थियो ।

करियर कर्नर : भविष्यको बाटो पहिचान गर्ने प्रयास (भिडियाे)

सिचु पाठशालामा शुभकामना तथा सांस्कृतिक कार्यक्रम (भिडियाे)

कक्षा १२ काे पुरक परीक्षा आजदेखि

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते

शिक्षा विधेयक सच्याउनुपर्ने निजी शैक्षिक संस्था सञ्चालकको माग

विद्यालय शिक्षा विधेयक संशोधन गर्न माग

भदाै १८ पछि विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालककाे चेतावनी

प्रतिक्रिया