निजी विद्यालय सञ्चालककाे प्रदर्शन : 'गैरनाफामूलक चाहिँदैन, पूर्ण छात्रवृत्ति लाद्न पाइँदैन' (भिडियाे)
निजी विद्यालय सञ्चालकहरूले गुणस्तरीय शिक्षा र शैक्षिक सुधारका भन्दा आफ्नाे फाइदाका मागलाई प्राथमिकतामा राखेर प्रदर्शन गरेका हुन् ।
निजी विद्यालयका संगठन प्याब्सन, एनप्याब्सन, हिसान, अपेन लगायतले ५ बुँदे माग अघि सार्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।
संसद्काे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकलाई अन्तिम रूप दिने तयारी भइरहेका बेला निजी विद्यालय सञ्चालकहरूले गुणस्तरीय शिक्षा र शैक्षिक सुधारका भन्दा आफ्नाे फाइदाका मागलाई प्राथमिकतामा राखेर प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘व्यक्तिगत सम्पत्ति हडप्न पाइँदैन', ‘गैरनाफामूलक चाहिँदैन, कम्पनी मास्न पाइँदैन’, ‘पूर्ण छात्रवृत्ति लाद्न पाइँदैन, निजी विद्यालय मास्न पाइँदैन’, ‘१५ प्रतिशत पूर्ण छात्रवृत्ति खारेज गर्, ४५ प्रतिशत आरक्षण छात्रवृत्ति खारेज गर्' जस्ता नारा लगाएका छन् ।
कम्पनी ऐनअन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउने भन्ने व्यवस्था हटाउनुपर्ने, पूर्ण छात्रवृत्तिबाट पोशाक, स्टेसनरी, शैक्षिक सामग्री र खाजा उपलब्ध गराउनुपर्ने, छात्रवृत्ति सम्बन्धी अधिकार स्थानीय तहलाई दिने भन्ने व्यवस्था हटाएर विद्यालयलाई नै दिनुपर्नेलगायत माग उनीहरूले राखेका छन् ।
माग सम्बोधन नभए ८ भदौदेखि निर्णायक आन्दोलन गर्ने उनीहरुकाे चेतावनी छ ।
संसदीय समितिमा अन्तिम चरणमा रहेकाे विधेयककाे निजी विद्यालयलाई गैरनाफामूलक बनाउने र विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्थामा विवाद छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निजी विद्यालयलाई क्रमश: गैरनाफामूलक बनाउने र १० देखि १५ प्रतिशत पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्थामा सहमति जुटाएको छ ।
केही सांसदले निश्चित अवधि तोकेर निजी विद्यालयलाई गैरनाफामूलक गुठीमा लैजानुपर्ने भन्दै संशोधन दर्ता गराएका थिए तर समितिले वर्ष नतोकी क्रमश: गैरनाफामुलक बनाउँदै लैजाने भन्नेमा सहमति जुटाएको छ ।
मन्त्रीकाे स्वागतमा खटाइए बालबालिका
एमबिबिएस प्रवेश परीक्षामा प्रथम हुने छात्रालाई सम्मान
देशभरका सामुदायिक विद्यालयका नाममा रहेका जग्गा खाेज्दै शिक्षा मन्त्रालय
करियर कर्नर : भविष्यको बाटो पहिचान गर्ने प्रयास (भिडियाे)
सिचु पाठशालामा शुभकामना तथा सांस्कृतिक कार्यक्रम (भिडियाे)
कक्षा १२ काे पुरक परीक्षा आजदेखि
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते
प्रतिक्रिया