बुधबार १८ भदौ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

सार्वजनिक स्थानमा धूम्रपान गरे पाँच सय जरिवाना (भिडियाे)

सार्वजनिक स्थानमा धूम्रपान गर्दा अन्य व्यक्ति र बालबालिकालाई पनि असर पर्ने हुँदा नियमन र नियन्त्रणको काम गरेकाे महानगरका सहप्रवक्ता ध्रुव काफ्लेले बताउनुभयाे ।

 

काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थानमा धूम्रपान गरे पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । सूर्तिजन्य पदार्थ (नियन्‍त्रण र नियमन गर्ने) ऐन २०६८ लाई महानगरले भदाै १ देखि कडाइका साथ कार्यान्वयन गर्न थालेकाे हाे ।

सार्वजनिक स्थानमा धूम्रपान गर्दा अन्य व्यक्ति र बालबालिकालाई पनि असर पर्ने हुँदा नियमन र नियन्त्रणको काम गरेकाे महानगरका सहप्रवक्ता ध्रुव काफ्लेले बताउनुभयाे ।

महानगर प्रहरी बलले सार्वजनिक स्थानमा धूम्रपान र सूर्तिसेवन गरेकाे भेटिए समातेर ५ सय रुपैयाँ जरिवाना गराउन सुरु गरेकाे छ ।