भदौ १ मा बाल स्वास्थ्य शिविर
भदाै १ मा सातदाेबाटाेमै र ३ गते काठमाडौंको महांकालस्थित अरुणिमा शिक्षा सदन स्कुलमा वृहत् स्वास्थ्य शिविर पनि गरिने ।

सेरेब्रल पाल्सी एन्ड न्युरोलोजिक डिसअर्डर वेलफेयर सोसाइटीले भदौ १ मा बाल स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।
साेसाइटीले सातदोबाटोस्थित सेरेब्रल पाल्सी क्लिनिक एन्ड केयर सेन्टरमा शिवर गर्न लागेकाे हाे ।
भदाै १ मा सातदाेबाटाेमै र ३ गते काठमाडौंको महांकालस्थित अरुणिमा शिक्षा सदन स्कुलमा वृहत् स्वास्थ्य शिविर पनि गरिने साेसाइटीले जनाएकाे छ ।
शिविरमा आँखा, नाक, कान, घाँटी, फिजियोथेरापी, मानसिक स्वास्थ्य, बालबालिका तथा जनरल फिजिसियन सेवा प्रदान हुने छ ।
सोसाइटीले रेयुकाइ नेपाल, तिलगंगा आँखा अस्पताल, बिपी आँखा अस्पताल, किस्ट मेडिकल कलेज, द फ्रेड हलोज फाउन्डेसन, समथा साइकोसोसियल, एगिलस डाइग्नोस्टिक र दिभ्यान्त डेन्टल क्लिनिकसँगको सहकार्यमा शिविर गर्न लागेको हो ।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया