रेडियन्ट रिडर्स एकेडेमी क्वार्टरफाइनलमा
सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा भएको खेलमा रेडियन्ट ‘ए’ ले मृगसिरालाई ६ विकेटले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न सफल भएकाे हाे ।
आयोजक रेडियन्ट रिडर्स एकेडेमी ‘ए’ प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगितामा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा भएको खेलमा रेडियन्ट ‘ए’ ले मृगसिरालाई ६ विकेटले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न सफल भएकाे हाे ।
अन्य खेलमा अपीले विश्व निकेतनलाई १३ रन र मनकामनालाई ४९ रन, गेटवे एकेडेमीले मोक्षदालाई ७ विकेट तथा मोक्षदाले रेडियन्ट ‘बी’ लाई ५ विकेट हराए । दोहोरो जित निकालेको अपी पनि क्वार्टरफाइनलमा पुग्यो ।
लिगको अन्तिम दिन बुधबार ६ खेल हुनेछ । बुधबारै १ क्वार्टरफाइनल खेल पनि हुने प्राविधिक प्रमुख रविन्द्र गुप्ताले जनाउनुभएकाे छ ।
तेक्वान्दो टोली चीन जाँदै
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन
तेश्रो काष्ठमण्डप कप बास्केटबलमा काष्ठमण्डप र दीक्षालय फाइनलमा
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
प्रतिक्रिया