रेडियन्ट रिडर्स एकेडेमी क्वार्टरफाइनलमा
सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा भएको खेलमा रेडियन्ट ‘ए’ ले मृगसिरालाई ६ विकेटले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न सफल भएकाे हाे ।
आयोजक रेडियन्ट रिडर्स एकेडेमी ‘ए’ प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगितामा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा भएको खेलमा रेडियन्ट ‘ए’ ले मृगसिरालाई ६ विकेटले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न सफल भएकाे हाे ।
अन्य खेलमा अपीले विश्व निकेतनलाई १३ रन र मनकामनालाई ४९ रन, गेटवे एकेडेमीले मोक्षदालाई ७ विकेट तथा मोक्षदाले रेडियन्ट ‘बी’ लाई ५ विकेट हराए । दोहोरो जित निकालेको अपी पनि क्वार्टरफाइनलमा पुग्यो ।
लिगको अन्तिम दिन बुधबार ६ खेल हुनेछ । बुधबारै १ क्वार्टरफाइनल खेल पनि हुने प्राविधिक प्रमुख रविन्द्र गुप्ताले जनाउनुभएकाे छ ।
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
भ्याली पब्लिकका तीन टोली क्वाटरफाइनलमा
रेडियन्ट पब्लिकलाई प्याब्सन बास्केटबल उपाधि
पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि
किस्क र एलाइटलाई ओएसिस कप
प्रतिक्रिया