वर्षायाममा बालबालिकाको स्वास्थ्य कसरी जाेगाउने ?
याे बेलामा झाडापखाला, पानीजन्य रोग, छालासम्बन्धी समस्या, रुघाखोकी, निमोनिया, डेंगु जस्ता लामखुट्टेजन्य रोगको सम्भावना उच्च हुने गर्छ ।

वर्षायाममा बालबालिकामा विभिन्न रोगको जोखिम बढ्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
याे बेलामा झाडापखाला, पानीजन्य रोग, छालासम्बन्धी समस्या, रुघाखोकी, निमोनिया, डेंगु जस्ता लामखुट्टेजन्य रोगको सम्भावना उच्च हुने गर्छ ।
स्वास्थ्य विशेषज्ञका अनुसार यस्तो मौसममा सबैभन्दा प्रभावकारी सावधानी भनेको सरसफाइमा ध्यान दिनु हो । खानेपानी अनिवार्य रूपमा उमालेर वा फिल्टर गरेर मात्र पिउन दिनुपर्ने, खाना पकाउँदा र खाँदा हात सफा गर्नुपर्ने, र वरिपरिको फोहर तत्काल सफा गर्नुपर्ने उनीहरूको सुझाव छ ।
लामखुट्टेको प्रजनन रोक्न घरवरिपरि पानी जम्न नदिनु, लामखुट्टे भगाउने क्रिम प्रयोग गर्नु र लामो बाहुला भएको कपडा लगाइदिनु महत्वपूर्ण मानिन्छ ।
बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन पौष्टिक खाना अत्यावश्यक हुने चिकित्सकहरूको भनाइ छ ।
भिटामिन र मिनरलयुक्त ताजा फलफूल, तरकारी, दूध, अण्डा, दालजस्ता खानेकुरा दिनाले शरीरलाई संक्रमणविरुद्ध लड्न मद्दत पुर्याउँछ। जंक फूड वा सडक किनारको खुला खानेकुराबाट टाढा राख्नुपर्ने उनीहरूकाे सुझाव छ।
स्वास्थ्यकर्मीहरू चेतावनी दिन्छन् – सानो रोगका लक्षण देखिँदा पनि उपचारमा ढिलाइ गर्नु खतरनाक हुनसक्छ । 'साना समस्या टार्न खाेज्दा ठूलो स्वास्थ्य संकट आउन सक्छ,' बालरोग विशेषज्ञ शंकरप्रसाद सुरी भन्नुहुन्छ, 'त्यसैले समयमै उपचार, सरसफाइ र पोषणमा ध्यान दिनुपर्छ ।'

सार्वजनिक स्थानमा धूम्रपान गरे पाँच सय जरिवाना (भिडियाे)

फलामे खोरभित्र गुम्सिएकाे पवनकाे खुसी

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो
‘बच्चा र ठूला मान्छेमा एन्जाइटी र डिप्रेसनका लक्षण फरक हुन्छन्' (भिडियाे)
‘बच्चामा पनि न्युरोलोजिकल समस्या देखा पर्छन्’

बालबालिकालाई याेग र ध्यान किन गराउने ?

प्रतिक्रिया