विद्यालयलाई गैरनाफामूलक बनाइने वाक्यांश हटाउन माग
साउन २८ गतेभित्र आफ्ना माग सम्बोधन नभए साउन २९ गतेदेखि आन्दोलन गर्ने निजी विद्यालय सञ्चालकहरुकाे चेतावनी ।
निजी विद्यालय सञ्चालकले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने छ भन्ने वाक्यांश विद्यालय शिक्षा विधेयकबाट हटाउन माग गरेका छन् ।
निजी विद्यालयका संगठनहरु प्याब्सन, एनप्याब्सन, नेशनल प्याब्सन र हिसानले आइतबार संयुक्त पत्रकार सम्मेलन गरी विद्यालय शिक्षक विधेयकबाट उक्त व्यवस्था हटाउन माग गरेका हुन् ।
प्याब्सनका महासचिव आरबी कटुवालले भन्नुभयो, “विधेयकमा निजी लगानीमा सञ्चालित विद्यालयलाई क्रमशः गैरनाफामुलक बनाउँदै लैजाने प्रावधान, २०५८ सालमा सरकारले कम्पनी कानुन बमोजिम सञ्चालन गर्न दिने गरी गरेको कानुनी व्यवस्था विपरीत छ ।”
उहाँले विधेयकमा पूर्ण छात्रवृत्ति शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शैक्षिक सामग्री, पोसाक, यातायातलगायतका सेवा उपलब्ध गराउनुपर्ने भन्ने विषय कम्पनी कानुनको भावना र मर्म विपरीत रहेको दाबी गर्नुभयो ।
निजी विद्यालय सञ्चालकहरुले यही साउन २८ गतेभित्र आफ्ना माग सम्बोधन नभए साउन २९ गतेदेखि आन्दोलन गर्ने समेत जानकारी गराएका छन् ।
तेस्रो बालसाहित्य महोत्सव : बालसाहित्य र सम्पदा–संस्कृतिमा बहस
विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई शिक्षा मन्त्रालयकाे १० बुँदे निर्देशन
जाडाे बढेपछि मधेशका पालिकाले दिन थाले विद्यालय बिदा
करियर शिक्षा : भविष्यको नक्सा कोर्दै विद्यार्थी
मन्त्रीकाे स्वागतमा खटाइए बालबालिका
एमबिबिएस प्रवेश परीक्षामा प्रथम हुने छात्रालाई सम्मान
देशभरका सामुदायिक विद्यालयका नाममा रहेका जग्गा खाेज्दै शिक्षा मन्त्रालय
प्रतिक्रिया