यसरी मनाइयाे गाईजात्रा (फाेटाे फिचर)
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन छ ।
परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा मनाइएको छ ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समातर वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका दिवङ्गत व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको मानिन्छ ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ । उपत्यकामा गाईजात्राकाे विशेष रौनक देखिने गर्छ ।








_BCJm1NSmIi_mtitu4t61zngsmbxhk0a0vh2a7udz8yagnblnyxl80upuy9duwleoergu7jx.jpg)
_eMZ62F4ado_3ukqkdw3kjcxfxpbzsk2cgt3an1ayjfq9jij9kc6xziajuxvlf6uogpyfbzh.jpg)
खेल्दै सिक्दै
चिटिक्क शक्तिपीठ (फाेटाे फिचर)
जेन–जी युवाले गरेको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु (फाेटाे फिचर)
जेनजीकाे प्रदर्शनमा १६ जनाकाे मृत्यु (फाेटाे फिचर)
भानुजयन्तीमा विभिन्न कार्यक्रम (फाेटाे फिचर)
न्यानो ज्याकेट पाएपछि बालबालिका खुसी
अस्ताउँदो सूर्यलाई अर्घ्य (फाेटाे फिचर)
प्रतिक्रिया