बिहीबार १९ भदौ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

स्प्रिङ भ्याली र ज्ञान मन्दिर काठमाडौं छात्र फुटसलकाे प्रि–क्वार्टर फाइनलमा

सुकेधारास्थित बागमती स्कुलमा भइरहेको प्रतियोगतामा काठमाडौं महानगर र ९ नगरपालिकाअन्तर्गत ४५ विद्यालय–टिमको सहभागिता छ ।

स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्याब्सन काठमाडौं छात्र फुटसल प्रतियोगितामा प्रि-क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

काठमाडौं प्याब्सनको आयोजना तथा काठमाडौं महानगर प्याब्सनको व्यवस्थापनमा भएको प्रतियोगितामा प्रि-क्वाटरफाइनल पुग्ने बाँकी १४ टिमको पनि टुंगो लागेको प्रतियोगिता संयोजक सुदर्शन जमकटेलले जनाएका छन् ।

प्रिक्वाटरफाइनल पुग्ने अन्य टिममा पिस प्वाइन्ट, ब्रम्हकुञ्ज, रिब्स, स्वेता सदन, बाल विकास, शुभकामना, सन्जिवनी ज्ञान मन्दिर, ह्वाइट हेभन, नोबेल, मनास्लु, एकलब्य, कौशल, एक्टिभ र गोकर्णेश्वर लाइट एकेडेमी रहेका छन् ।

सुकेधारास्थित बागमती स्कुलमा भइरहेको प्रतियोगतामा काठमाडौं महानगर र ९ नगरपालिकाअन्तर्गत ४५ विद्यालय–टिमको सहभागिता छ ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।