त्रिवि केन्द्रीय पुस्तकालय : जहाँ साढे चार लाख पुस्तक पढ्न पाइन्छ
अहिले हरेक दिन एक हजार जनाभन्दा बढी विद्यार्थी पुस्तकालयमा आएर पढ्ने गर्दछन् । रातिसमेत यहाँ पढ्न आउनेको संख्या बाक्लै छ ।
त्रिभुवन विश्वविद्यालय नेपालकै जेठो विश्वविद्यालय हो । विक्रम संवत् २०१६ सालमा स्थापना गरिएको यो विश्वविद्यालय काठमाडौंको कीर्तिपुरमा रहेको छ ।
विश्वविद्यालय स्थापनासँगै त्रिवि केन्द्रीय पुस्तकालय निर्माण गरिएको थियो । विश्वविद्यालयमा पढ्न आउने विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ज्ञान, विज्ञानका स्रोत उपब्ध गराउने उद्देश्यले यो पुस्तकालय विस्तार गरिएको हो । ६६ वर्षदेखि पुस्तकालय सेवा निरन्तर छ । अहिले विद्यार्थीले चौबिसै घण्टा पुस्तकालयमा बसेर पढ्न पाउने व्यवस्था छ ।
त्रिवि केन्द्रीय पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीका अनुसार अहिले दुई वटा भवनबाट विद्यार्थीलाई सेवा प्रदान गरिँदै आएको छ । भारत सरकारको सहयोगमा त्रिवि केन्द्रीय पुस्तकालय भवन संरचना निर्माण भएको हो । २०२४ निर्मित भवन २०७२ सालको भूकम्पले जीर्ण बनेपछि फेरि भारतकै सहयोगमा आधुनिक भवन निर्माण भई सेवा सुचारु रहेको छ ।
अहिले हरेक दिन एक हजार जनाभन्दा बढी विद्यार्थी पुस्तकालयमा आएर पढ्ने गर्दछन् । रातिसमेत यहाँ पढ्न आउनेको संख्या बाक्लै छ ।
पुस्तकालयमा स्वदेश र विदेशबाट प्रकाशित विविध विषयका चार लाख ४७ हजारभन्दा बढी संख्यामा पुस्तक छन् । २० हजार शोधपत्रलाई डिजिटल सफ्टवयरमा राखिएको छ । त्यसैगरी करिब दुई हजार शोधपत्र अनलाइनमा हेर्न सकिन्छ । नेपालबाट प्रकाशित जर्नलको २५ हजारभन्दा बढी आलेख अनलाइनमा राखिएको छ ।
त्रिविको इमेल आईडीबाट मात्र चल्ने यो सेवा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीले उपभोग गर्न सक्छन् ।
त्रिवि केन्द्रीय पुस्तकालय देशैभरिबाट प्रकाशन हुने पुस्तकको आईएसबिएन (इन्टरनेसनल स्टान्डर्ड बुक नम्बर) उपलब्ध गराउने एक मात्र निकाय हो । सन् २००० देखि आईएसबिएन सेवा सुचारु छ । वार्षिक ४ हजारभन्दा बढी पुस्तकको आईएसबिएन दिने गरिएको निमित्त प्रमुख सुवेदी बताउनुहुन्छ । त्यसमा बाल साहित्य, ज्ञानविज्ञानका पुस्तकसमेत पर्दछन् ।

विद्यालय शिक्षा विधेयक संशोधन गर्न माग

भदाै १८ पछि विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालककाे चेतावनी

प्रिन्सिपलद्वारा कक्षा ५ का बालकमाथि निर्घात कुटपिट

शिक्षक महासंघकाे पहिलाे चरणकाे आन्दाेलन सुरु
_hSBCLrVkQp_80oqtyak0t1eu0yd8cgx2ffwlsffzszgtmy8tzljvveaiyldflqlyi66tyxg_a7mC37rzYN_4jkczt7obkrppgzu5x4uuu3scheo16qrekzkylh7rrd9kdt3kllt9yxxxrzc.jpeg)
शिक्षा विधेयककाे विराेधमा शिक्षक महासंघद्वारा आन्दाेलन घाेषणा

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
_dGnKEbOccv_vjvmmjzmdn0alnjkqr4eyiwocueudtuaeqq56qyrszjuj9o1moyxik7pvzuh_hR1aUYPe6h_ibc0srhbl7eh29uwzoorauywtlhmphscfbsx5qawcsnbmcpznkxmnzlixhvk.jpeg)
निजी विद्यालय सञ्चालककाे प्रदर्शन : 'गैरनाफामूलक चाहिँदैन, पूर्ण छात्रवृत्ति ला…

प्रतिक्रिया