यू-२० महिला एसियन कप छनोटमा नेपालको जित
थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा ९०औं मिनेटमा शुक्रिया मियाँले ट्याप इन गोल गर्दै नेपाललाई जित दिलाउनुभएकाे हाे ।
भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोट खेलमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ ।
थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलकाे ९०औं मिनेटमा शुक्रिया मियाँले ट्याप इन गोल गर्दै नेपाललाई १–० काे जित दिलाउनुभएकाे हाे । उहाँले मिना देउवाको पासमा गोल गर्नुभएकाे थियाे ।
नेपालले ३७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्ने सुनौलो अवसर पाए पनि मीना देउवाको प्रहार बारमा लागेको थियो ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । साउदी अरेबियाले भने उत्तर कोरियासँग १५-० को फराकिलो हार बेहोरेको थियो ।
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
भ्याली पब्लिकका तीन टोली क्वाटरफाइनलमा
रेडियन्ट पब्लिकलाई प्याब्सन बास्केटबल उपाधि
पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि
किस्क र एलाइटलाई ओएसिस कप
प्रतिक्रिया