आरआरए क्रिकेट सोमबारदेखि
एक टिममा १० खेलाडी हुने छन् भने ८ जनाले खेल्न पाउने छन् । विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् ।
_ftxbxmFVMU_fak6if1ynlzo8ajq6hueqsdqof6z5lxxm1y8m6l3fphymrldlt8aso9c6jee_tPXN8gJJAG_tljpleippj7o1pxmgezil7sol2ncgnetzvtllxy6jf2ptgoyo21iow260ed0.jpeg)
रेडियन्ट रिडर्स एकेडेमी, सानेपाको आयोजनामा प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा आयोजकको दुईसहित १५ छात्र टिमको सहभागिता रहने आयोजक एकेडेमीका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयाे । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
समूह ‘ए’ मा एलआरआई, डिएभी, संस्कृति र ब्लु बर्ड तथा समूह ‘बी’ मा अपी, ग्यालेक्सी, मनकामना र विश्व निकेतन रहेका छन् । भ्याली पब्लिक, गेट्वे, मोक्षदा र रेडियन्ट ‘बी’ समूह ‘सी’ मा छन् भने बालकुञ्ज, मृगसिरा वल्र्ड स्कुल र रेडियन्ट ‘ए’ समूह ‘डि’ मा रहेका छन् ।
खेल १० ओभरको हुने प्राविधिक प्रमुख रविन्द्र गुप्ताले बताउनुभयाे । एक टिममा १० खेलाडी हुने छन् भने ८ जनाले खेल्न पाउने छन् । विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् । चारदिने प्रतियोगिताका खेलहरु आयोजक एकेडेमीको सानेपामै रहेको रेडियन्ट क्रिकेट एकेडेमीमा खेलाइने छ ।
संस्थापक प्रिन्सिपल ढुंगानाले विद्यार्थीलाई खेलकुदको माध्यमबाट पनि अगाडि बढाउन रेडियन्टले खेलकुदको विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउनुभयाे । उहाँले प्रतियोगिताले क्रिकेटको प्रवर्द्धनमा थोरै भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा प्रतियोगितालाई अझ बृहत रुपमा आयोजना गर्ने योजना रहेको बताउनुभयाे ।
एस आईबीएस बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
_111uIAn6sR_jeervyjobdlgxitsltxj723r25hrqw6gwaz8csyuuafsmm8kzlhoeiopnnzo_zfBimJ1AEM_4y33xix0rjowprtxcgpkgv23bln8ocxe5az7zpp2314l1ksgrww052jlcjuc.jpeg)
रिब्स र मल्पी सेमिफाइनलमा
न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

रेडियन्ट रिडर्स एकेडेमी क्वार्टरफाइनलमा
पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि
स्प्रिङ भ्याली र ज्ञान मन्दिर काठमाडौं छात्र फुटसलकाे प्रि–क्वार्टर फाइनलमा

यू-२० महिला एसियन कप छनोटमा नेपालको जित

प्रतिक्रिया