कक्षा १२ को नतिजा सार्वजनिक : ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
गत वर्षभन्दा नतिजा ९ प्रतिशतले बढ्याे, ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको बोर्डले जनाएको छ । गत वर्षभन्दा यो वर्ष नतिजा ९ प्रतिशतले वृद्धि भएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यार्थीको मिहेनत र अभिभावक सिरियस भएका कारण नतिजा वृद्धि भएको बताउनुभयाे ।
ननग्रेड विद्यार्थीका लागि आगामी भदौ २८ र २९ गते परीक्षा गर्ने अध्यक्ष शर्माले जानकारी दिनुभयाे ।
गत ११ वैशाखका लागि तय भएको परीक्षा शिक्षक आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।
मन्त्रीकाे स्वागतमा खटाइए बालबालिका
एमबिबिएस प्रवेश परीक्षामा प्रथम हुने छात्रालाई सम्मान
देशभरका सामुदायिक विद्यालयका नाममा रहेका जग्गा खाेज्दै शिक्षा मन्त्रालय
करियर कर्नर : भविष्यको बाटो पहिचान गर्ने प्रयास (भिडियाे)
सिचु पाठशालामा शुभकामना तथा सांस्कृतिक कार्यक्रम (भिडियाे)
कक्षा १२ काे पुरक परीक्षा आजदेखि
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते
प्रतिक्रिया