प्रिन्सिपलहरूसँग बज्र एडुकेयरकाे अन्तर्क्रिया
'हामी परम्परागत र आधुनिक शिक्षा प्रणालीकाे दाेसाँधमा छाैं, प्रविधिकाे बढ्दाे प्रयाेगसँगै हामीले बालबालिकाकाे रुचिलाई सम्बाेधन गर्ने गरी शिक्षा प्रणालीमा सुधार गर्नु आवश्यक छ ।'
बालबालिकाकाे शिक्षाकाे क्षेत्रमा कार्यरत बज्र एडुकेयरले आइतबार ललितपुरकाे एम्बार्क कलेजमा विभिन्न विद्यालयका प्रिन्सिपलहरूसँग अन्तर्क्रिया गरेकाे छ ।
शिक्षा क्षेत्रकाे अवस्था र पाेषणयुक्त खानाका विषयमा केन्द्रित अन्तर्क्रियामा वागमती प्रदेशसभा सदस्य तथा बज्र एडुकेयरका सल्लाहकार शैलेन्द्रमान बज्राचार्यले शिक्षा क्षेत्रप्रतिकाे आफ्नाे लगावबारे प्रष्ट पार्नुभयाे ।
बज्र एडुकेयरका फाउण्डर चेयरमेन प्रदीप बज्राचार्यले अहिलेकाे शिक्षा प्रणालीमा सुधार आवश्यक रहेकाे बताउनुभयाे । 'हामी परम्परागत र आधुनिक शिक्षा प्रणालीकाे दाेसाँधमा छाैं,' उहाँले भन्नुभयाे, 'प्रविधिकाे बढ्दाे प्रयाेगसँगै हामीले बालबालिकाकाे रुचिलाई सम्बाेधन गर्ने गरी शिक्षा प्रणालीमा सुधार गर्नु आवश्यक छ ।'
पाेषणयुक्त खानाका विषयमा भेर्टेक्स फुडका डा.अतुल उपाध्यायले जानकारी दिनुभयाे । स्ट्रेस म्यानेजमेन्ट ट्रेनर प्रज्ञानविक्रम थापाले ध्यानका माध्यमबाट तनाव व्यवस्थापनका उपाय सिकाउनुभयाे ।
३० विद्यालयका प्रिन्सिपल सहभागी कार्यक्रमकाे सञ्चालन वनस्थलीस्थित विद्याेदय स्कुलकी प्रिन्सिपल एवं बज्र एडुकेयरका तालिम विभाग प्रमुख नमिला शाक्यले गर्नुभएकाे थियाे ।
मन्त्रीकाे स्वागतमा खटाइए बालबालिका
एमबिबिएस प्रवेश परीक्षामा प्रथम हुने छात्रालाई सम्मान
देशभरका सामुदायिक विद्यालयका नाममा रहेका जग्गा खाेज्दै शिक्षा मन्त्रालय
करियर कर्नर : भविष्यको बाटो पहिचान गर्ने प्रयास (भिडियाे)
सिचु पाठशालामा शुभकामना तथा सांस्कृतिक कार्यक्रम (भिडियाे)
कक्षा १२ काे पुरक परीक्षा आजदेखि
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते
प्रतिक्रिया