अन्तरविद्यालय फुटसलकाे उपाधि एक्टिभ, दीपज्योति र जेबीलाई
बसुन्धरास्थित काठमाडौँ ग्लोबल स्कुलमा भएको सिनियर ब्वाइज एक्टिभले स्वेता सदनलाई टाइब्रेकर ३–२ गोलले हरायो भने सिनियर गर्ल्सको उपाधि भिडन्तमा दीपज्योतिले काठमाडौँ ग्लोबल स्कुललाई टाइब्रेकरमा ४–३ गोलले हरायो । जुनियर ब्वाइजको फाइनलमा जेबी स्कुलले ग्रिनल्यान्डलाई २–० ले हराउन सफल भयो ।
_vhiQcDFQLq_qagvtywxbimpbof8e7bmzc6qd1nqmjakvxql9hv7cobigmgnazt2dcyqdnsv_t4SdHeru3j_1ezsxypqpaopvt5skqldhjlfethn5zsnfbx7op1b5eqwtpvr5rfwzygt7k66.jpg)
दोस्रो टोखा नगर प्याब्सन अन्तर्विद्यालय फुटसल प्रतियोगितामा एक्टिभ, दीपज्योति र जेबी स्कुलले उपाधि जितेका छन् । सिनियर ब्वाइजमा एक्टिभ, सिनियर गर्ल्समा दीपज्योति र जुनियर ब्वाइजमा जेबी स्कुल च्याम्पियन भएका हुन् ।
टोखा नगर प्याब्सनको आयोजनामा बसुन्धरास्थित काठमाडौँ ग्लोबल स्कुलमा भएको सिनियर ब्वाइज एक्टिभले स्वेता सदनलाई टाइब्रेकर ३–२ गोलले हरायो । सिनियर गर्ल्सको उपाधि भिडन्तमा दीपज्योतिले काठमाडौँ ग्लोबल स्कुललाई टाइब्रेकरमा ४–३ गोलले हरायो । जुनियर ब्वाइजको फाइनलमा जेबी स्कुलले ग्रिनल्यान्डलाई २–० ले हराउन सफल भयो ।
विजेतालाई प्याब्सनका केन्द्रीय सहअध्यक्ष गोपाल आचार्य र उपाध्यक्ष थकिनकुमार गुरुङ, काठमाडौँ प्याब्सनका अध्यक्ष नवराज भट्ट, काठमाडौँ जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा र आयोजक टोखा नगर प्याब्सनका अध्यक्ष अरुणकुमार केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयाे । दुईदिने प्रतियोगिताको ब्वाइजमा २१, जुनियर ब्वाइजमा १४ र गर्ल्समा ७ टोलीले प्रतिस्पर्धा गरेको टोखा नगर प्याब्सनका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक दिपेन्द्र थापाले जानकारी दिनुभयाे ।
प्रतिक्रिया