बेचबिखनको उच्च जोखिममा बालबालिका
प्रविधिको विकास र सामाजिक सञ्जालको बढ्दो प्रयोगले बेचबिखन र ओसारपसार नियन्त्रणमा नयाँ चुनौतीहरू थपिएका छन् ।

प्रविधिको विकास र सामाजिक सञ्जालको बढ्दो प्रयोगले मानव बेचबिखन र ओसारपसार नियन्त्रणमा नयाँ चुनौती थपिएकाे छ । बेचबिखनको उच्च जोखिममा महिला, बालबालिका तथा विपन्न समुदाय व्यक्तिहरू छन् ।
मानव बेचबिखन प्रभावितहरूको राष्ट्रिय महासंघले नेपालमा मानव बेचबिखन दीर्घकालीन र जटिल समस्या बनिरहेको जनाएको छ । ‘नेपालमा मानव बेचबिखन तथा ओसारपसारका घटनामा कमी आउने सकेको देखिँदैन, प्रविधिको विकास र सामाजिक सञ्जालको बढ्दो प्रयोगले बेचबिखन र ओसारपसार नियन्त्रणमा नयाँ चुनौतीहरू थपिएका छन्,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
महासंघका अध्यक्ष सञ्जमाया तामाङले मजदुरी, यौन शोषण,अंगको अवैध व्यापार र बालश्रमजस्ता क्रियाकलापहरूमा नेपाली नागरिकहरू देशभित्र र बाह्य मुलुकमा बेचिनुपरेको बताउनुभएकाे छ । उहाँका अनुसार नेपाल प्रहरी र मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा मानव बेचबखिन तथा तस्करीसम्बन्धी १३५ मुद्दा दर्ता भएको छ ।
जसमध्ये यौन शोषण ५९, वैदेशिक रोजगारी २७, मानव ओसारपसार ४३ र अंग तस्करीसम्बन्धी ४ वटा मुद्दा परेको छ । ती घटनाको पीडितहरूमा ८५ जना महिला, ६८ बालिका, ७ पुरुष र १ जना बालक छन् । ‘संघीय लोकतान्त्रिक व्यवस्थामा प्रवेश गरेपछि मानव बेचबिखन नियन्त्रणका लागि विभिन्न कानुन, नीति, रणनीति र कार्यक्रमहरू ल्याइएका छन्, यद्यपि, नीति निर्माण र व्यवहारिक कार्यान्वयनबीचको खाडल अझै गहिरो छ,’ तामाङ भन्नुहुन्छ ।
मानव बेचबिखन विरुद्धको कानुन कार्यान्वयन गर्ने जिम्मेवार निकायहरूबीच समन्वयको कमी,अनुसन्धानको कमजोरी,पीडितमैत्री संरचनाको अभाव र दोषीलाई उन्मुक्ति दिने प्रवृत्तिले समस्या झन् गहिरिएको उहाँको भनाइ छ ।
महासंघले प्रस्तावित मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक २०८१ लाई अविलम्ब पारित गर्न मागसमेत गरेको छ । विधेयक गत चैत्र ११ मा प्रतिनिधिसभामा दर्ता भएको थियो ।
यस्तै सीमा नाकामा निगरानी प्रविधि र मानव स्रोतको प्रभावकारी परिचालन गर्नुपर्ने, बेचबिखन प्रभावित तथा पीडितको उद्धार,राहत र पुनःस्थापना लागि विशेष बजेट तथा कार्यक्रम ल्याउनुपर्ने महासंघको माग छ ।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया