बादलु रानी (बालकविता)
झरझर पानी बनी झर त– सुक्खा बोटहरूमा पर त, सबैले भन्छन् बादलु रानी– सधैँ हिँड्ने छ तिम्रो बानी ।

सरसर–सरसर उड्छौ साथी !
कहिले तलतल कहिले माथि
कहिले बन्छौ माछा, गोही
कहिले गर्छौ गडगड रोइ ।
कहिले छेक्छौ चन्द्रसूर्य
धर्ती पार्छौ घोर अँध्यारो
कहिले हिँड्छौ सुस्तसुस्त
कहिले हिँड्छौ चाँडोचाँडो ।
कहिले सेतो, कहिले कालो
कहिले देख्छु जालोजालो
सिमसिम पानी तिमी नै पार्छौ
सेतो असिना तिमी नै झार्छौ ।
झरझर पानी बनी झर त
सुक्खा बोटहरूमा पर त
सबैले भन्छन् बादलु रानी
सधैँ हिँड्ने छ तिम्रो बानी ।
बुद्धनगर काठमाडौँ
प्रतिक्रिया