प्रथम अन्तर विद्यालय उमेर समूह पौडी प्रतियोगितामा जेम्स स्कुल च्याम्पियन
जेम्स स्कुल ८ सय ४१ अंकसहित पहिलो हुँदा निसर्ग बाटिका ५ सय ६९ दोस्रो तथा प्रिमियर इन्टनेशनल स्कुल ३ सय ६९ अंक सहित तेस्रो भए ।
प्रथम अन्तर विद्यालय उमेर समूह पौडी प्रतियोगितामा जेम्स स्कुल च्याम्पियन बनेकाे छ ।
जेम्स स्कुल ८ सय ४१ फिना अंकसहित पहिलो हुँदा निसर्ग बाटिका ५ सय ६९ दोस्रो तथा प्रिमियर इन्टनेशनल स्कुल ३ सय ६९ अंक सहित तेस्रो भए ।
विजयी टोली तथा खेलाडीलाई प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्की र नेपाल पौडी सघका अध्यक्ष जगतमान श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयाे ।
सातदोबाटोस्थित खेलकुद परिसर केन्द्रमा भएको दुई दिने प्रतियोगिताको समापन समारोहमा फुटबलको राष्ट्रिय टोलीका पूर्व कप्तानहरुलाई सम्मान गरिएको थियो ।
प्रतियाेगितामा २ सय ५० विद्यार्थीको सहभागिता थियो । प्रतियोगिताले विद्यालय तहमा पौडी खेलको विकासमा सहयोग पुग्ने विश्वास रहेको प्रतियोगिता संयोजक मुखिया लामाले बताउनुभयाे । प्रतियोगितामा ५३ स्पर्धा समावेश थिए ।
अन्तरविद्यालय पौडी शनिबार
टुसाल मल्टी भेन्युको आयोजनामा चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा विभिन्न २९ स्पर्धामा १ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक भेन्युका अपरेसन प्रबन्धक विशाल खड्काले जानकारी गराउनुभयाे ।
विगतका संस्करण सिनियर/जुनियरमा प्रतिस्पर्धा भएकोमा यो संस्करणदेखि विभिन्न उमेरसमूहमा खेल हुनेछ । नेपाल पौडी संघको प्रावििधक सहयोग तथा तार्केश्वर नगरपालिकाको सहयोगमा हुने प्रतियोगिताका खेलहरु आयोजक मल्टी भेन्युको आफ्नै पौडी पोखरीमा हुनेछ । मल्टी भेन्यु हातामा २५ मिटर र १० मिटर लम्बाइको २ पौडी पोखरी रहेको छ ।
मल्टी भेन्युका प्रबन्ध निर्देशक लक्ष्मण केसीले विद्यालय स्तरबाटै खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरणमा सहभागी गराइ खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताउनुभयाे ।
तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीले नगरपालिकाले खेलकुदलाई प्राथमिकता दिदै आएको बताउँदै प्रतियोगिता सफलताका लागि शुभकामना दिनुभयाे ।
प्रतियोगितामा खेलाडीले हासिल गरेको पदकलाई निश्चित अंक प्रदान गरी शीर्ष तीन स्थानमा रहने टिमलाई पुरस्कृत गरिने छ । शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई पनि पदकका आधारमा प्याकेज प्रदान गरिने छ ।
एस आईबीएस बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
_111uIAn6sR_jeervyjobdlgxitsltxj723r25hrqw6gwaz8csyuuafsmm8kzlhoeiopnnzo_zfBimJ1AEM_4y33xix0rjowprtxcgpkgv23bln8ocxe5az7zpp2314l1ksgrww052jlcjuc.jpeg)
रिब्स र मल्पी सेमिफाइनलमा
न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

रेडियन्ट रिडर्स एकेडेमी क्वार्टरफाइनलमा
पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि
स्प्रिङ भ्याली र ज्ञान मन्दिर काठमाडौं छात्र फुटसलकाे प्रि–क्वार्टर फाइनलमा

यू-२० महिला एसियन कप छनोटमा नेपालको जित
_ftxbxmFVMU_fak6if1ynlzo8ajq6hueqsdqof6z5lxxm1y8m6l3fphymrldlt8aso9c6jee_5I8KlDQL8d_klgmexqq1bijrsk9rhodmaipry2lt9y9vktv5phxvmqjhyrzercy9dqx5rhf.jpeg)
प्रतिक्रिया