बिहीबार १९ भदौ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

खडेरी (बालकविता)

बारीमा फसल छैन – अन्नको दानो छैन, सर्वत्र खडेरी छ पानी कतै पनि छैन ।

घाम मात्रै घाम छ
बादल छैन थाम छ
बिरुवाको ओठमा
सुकेको सुनाम छ ।

नदी भएको सुक्यो
कुवा भोकै लुक्यो
धर्ती नै जलविनाको
अति प्यासले दुख्यो ।

गाईभैंसी उस्तै 
घाँस छैन जस्तै 
बाच्छाबाछी रोए
खान नभेट्दा रोगाए ।

बारीमा फसल छैन
अन्नको दानो छैन
सर्वत्र खडेरी छ
पानी कतै पनि छैन ।

किसानका सपना
श्रमिकका जपना
खडेरीको अन्त होस्
खुरुक्क‌ै बर्खा आओस्  !


२०८२/०४/०७

नन्दलाल आचार्य

बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल । [email protected]