त्रियोग स्कुल चेस प्रतियाेगिता सम्पन्न
प्रतियोगितामा कक्षा १ देखि ३ सम्म युरो स्कुल, ४ र ५ तर्फ अन्नपूर्ण स्कुल, कक्षा ६ र ७ तर्फ निसर्ग बाटिका तथा कक्षा ८ देखि १० सम्म मनकामना स्कुल पहिलो भए ।
त्रियोग हाई स्कुलको आयोजनामा सञ्चालित पाँचौँ त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता सोमबार सम्पन्न भयो ।
अन्तर्राष्ट्रिय चेस दिवसको अवसरमा स्विस लिग प्रणालीमा सञ्चालित सो प्रतियोगितामा ६० विद्यालयका करिब ४०० विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा दुई चरणमा सम्पन्न भएको थियो ।
पहिलो दिन छनोट चरणको खेल भएको थियो भने दोस्रो दिन फाइनल राउन्डका खेल भएका थिए ।
प्रतियोगितामा कुल ८ स्पर्धा समावेश थिए । प्रतियोगितामा कक्षा १ देखि ३ सम्म युरो स्कुल, ४ र ५ तर्फ अन्नपूर्ण स्कुल, कक्षा ६ र ७ तर्फ निसर्ग बाटिका तथा कक्षा ८ देखि १० सम्म मनकामना स्कुल पहिलो भए ।
कक्षा १ देखि ३ छात्रामा युरोकी रुबेस्री चौलागाईं पहिलो, सोही विद्यालयकी आद्रिसी भट्टराई दोस्रो तथा अन्नपूर्णका रिहाना श्रेष्ठ तेस्रो हुनुभयाे । छात्रतर्फ काठमाडौं गुरुकुलका सुनभ ओझा पहिलो, रातो बङ्गलाका शुभंग प्रधान दोस्रो तथा निस्टका कबिन सिंह रावत तेस्रो हुनुभयाे ।
कक्षा ४ र ५ छात्रामा फ्युचर स्टारका ग्लोसी श्रेष्ठ पहिलो, आइडब्लूएसकी अग्रता आचार्य दोस्रो तथा अन्नपूर्णकी तृष्टिना बस्नेत तेस्रो हुनुभयाे । छात्रतर्फ माछापुच्छ्रेका साहस श्रेष्ठ पहिलो, दिपज्योतीका मन्दिप आले मगर दोस्रो तथा ल्याब स्कुलका अङ्कुर पोखरेल तेस्रो हुनुभयाे ।
छात्रा ६ र ७ मा मार्भलियसका निहाना श्रेष्ठ पहिलो, त्रियोगकी श्रीयश्री तुलाधर दोस्रो तथा विश्व निकेतनकी उज्भानी कणेल तेस्रो हुनुभयाे । छात्रतर्फ पुष्प सदनका हार्दिक पन्त पहिलो, निसर्ग बाटिकाका सात्त्विक मान तुलाधर दोस्रो तथा प्रसित खनाल तेस्रो हुनुभयाे ।
कक्षा ८ देखि १० छात्रामा मनकामनाकी प्रसियस अधिकारी पहिलो, मार्भलियसकी कृष्टी रिजाल दोस्रो तथा डिएभीकी प्रज्ञा पन्त तेस्रो हुनुभयाे । छात्रतर्फ पाठशालाका ओसकार पन्त पहिलो, पुष्प बाटिकाका स्प्रनमान श्रेष्ठ दोस्रो तथा माृतभूमिका सबिद प्रजापति तेस्रो हुनुभयाे ।
ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रेन हेभनलाई उपाधि
काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि

क्रिकेटर जोय सम्मानित
_WbxbwU1hC5_gu8o3la3m9xteb3d6lehuuufs0gs0xm3ugiqcanfvathfj5i1diheyu33sph_Co5jimtkmF_mxgbnki4x00sxyllpoomkwq4jhkebxbx0avbpsx5bqsr4tqepntrl150sn20.jpeg)
शिभालीले युरोपमा टेबल टेनिसका चार प्रतियोगिता खेल्ने
_9l5J3mg6vq_q4erfdous5bndysv0m56ecn2i74lci3xxhqyfzgo32ihdt6sd8hybdw0iax7_YclAeYbXw9_ffn0bhwuqwgob0brm64xvbfskc8qaayh5ugmsatyt8prxyi5yrcgmmhdddas.jpeg)
नेपाल एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको प्रिक्वाटरफाइनलमा
एसडब्लुएससी कपकाे उपाधि पनि मनास्लु र वारियर्सलाई

मनास्लु र वारियर्सलाई एलएनए एसइइ कप बास्केटबलको उपाधि

प्रतिक्रिया