सोमबार ०५ साउन, २०८२

नेपाली समय

Facebook Live Youtube Live

फूलजस्तै कोमल हुन्छन् बालबालिका

बालबालिका सानो हुँदा साना-साना सपनाहरु सजाउँदै रमाउँछन् । समय बितेसँगै सपना र रहरहरु पनि बढाउँदै लैजान्छन् । अभिभावकले बालबालिकाको सानोभन्दा सानो भावनालाई सूक्ष्म तरिकाले बुझ्नुपर्ने हुन्छ।

बाल‌बालिका काँचो माटाका भाँडाजस्तै हुन्छन् । जस्तो आकार दिएर रुपान्तरण गर्छौं, त्यस्तै हुन्छन् । उनीहरु कोमल फूलजस्तै नरम र मुलायम हुन्छन् । उनीहरु‌लाई प्रेम र स्नेह नदिँदा सधैं नै अन्यत्र माेडिन सक्ने जाेखिम रहन्छ । 

बालबालिका रमाउँदा, खुसी हुँदा आमाबुबा रमाउँछन् । बालबालिकाले नयाँ कुरा सिक्दा सारा संसारलाई सुनाउँछन् । तैपनि बालमनोविज्ञान बुझ्न निकै कठिन हुन्छ किनभने बाबाआमाले त्यो बालापन के हो भन्ने नै भूलिसकेका हुन्छ ।

बालबालिका सानो हुँदा साना-साना सपनाहरु सजाउँदै रमाउँछन् । समय बितेसँगै सपना र रहरहरु पनि बढाउँदै लैजान्छन् । जिब्रोको स्वाद र पहिरनको ढाँचा परिवर्तन गर्दै जान्छन् । 

अभिभावकले बालबालिकाको सानोभन्दा सानो भावनालाई सूक्ष्म तरिकाले बुझ्नुपर्ने हुन्छ। समय बित्दै जाने क्रममा बालबालिकामा परिवर्तन आउँछ । अभिभावक स्वयमले नै आफ्नो बाल्यकाल सम्झेर बालबालिकाजस्तै बन्नु पर्ने हुन्छ ।

यसो गर्नाले अभिभावकप्रति बालबालिकाको सम्मान र आत्मीयता बढ्न थाल्छ ।

बालबालिकाको सुन्दर सपना र भविष्य उनीहरुको हातमा छोडिदिनुपर्ने हुन्छ । अभिभावक र बालबालिकाको सोचाइमा आकाश र जमिन जतिको फरक हुन्छ । अभिभावकले सही मार्गदर्शन र बातावरण दिनुपर्छ ।

बालबालिकाले आफ्नो सुन्दर सपना र भविष्य आफैँले सजाउँछन् ।

निशा मगर

(मगर अभिभावक शिक्षाका क्षेत्रमा आबद्ध हुनुहुन्छ ।)