'गीत गाउँदा कहिलेकाहिँ अर्कै दुनियाँमा पुगेझैं लाग्छ' (भिडियाे)
प्रारम्भिक रूपमा देशभक्तिपूर्ण र सामाजिक सन्देश बोकेका गीत गाउन रुचाउने प्रशान्त पछिल्ला वर्षहरूमा आधुनिक, लोक, पप र शास्त्रीय गायनमा पनि जम्दै हुनुहुन्छ ।
झापा निवासी युवा गायक प्रशान्त पोखरेल हाल चर्चित गायन रियालिटी शो ‘मेराे भ्वाइस युनिभर्स’ मा उत्कृष्ट ८ मा प्रतिस्पर्धा गरिरहनुभएकाे छ ।
बालसंसार डट कमकाे किशाेरलक्षित कार्यक्रम ‘किशाेर आवाज’काे २६ औं श्रृङ्खलामा हामीले उहाँसँग उहाँकाे सांगीतिक यात्रा, ‘मेराे भ्वाइस युनिभर्स’ मा भइरहेको प्रतिस्पर्धा, शिक्षा र प्रेरणाबारे विशेष कुराकानी गरेका छाैं ।
कक्षा १२ को बोर्ड परीक्षा दिएर नतिजाको पर्खाइमा रहनुभएका प्रशान्तले सानो उमेरदेखि नै गीतसंगीतमा रुचि देखाउँदै आउनुभएकाे थियाे । परिवारका सदस्यहरूको सहयोग र विविध सांगीतिक कार्यक्रममार्फत संगीतप्रतिको मोह अझ प्रगाढ बनिरहेको उहाँले बताउनुभयाे ।
'संगीत मेराे लागि आत्माभित्रकाे भावनालाई शब्द र सुरमा व्यक्त गर्ने माध्यम हाे,' प्रशान्तले भावुक हुँदै भन्नुभयाे, 'कुनै बेला गीत गाउँदा अर्कै दुनियाँमा पुगेझैं लाग्छ ।'
उहाँले संगीतको सुरुआत विद्यालयस्तरमा भएको प्रतियोगिताबाट गर्नुभएकाे थियाे । प्रारम्भिक रूपमा देशभक्तिपूर्ण र सामाजिक सन्देश बोकेका गीत गाउन रुचाउने प्रशान्त पछिल्ला वर्षहरूमा आधुनिक, लोक, पप र शास्त्रीय गायनमा पनि जम्दै हुनुहुन्छ ।
घर–परिवारको सल्लाह र साथ सहयाेगले ‘मेराे भ्वाइस युनिभर्स’ मा सहभागी हुनुभएका उहाँले पहिलो चरणबाटै निर्णायकहरूको ध्यान तान्न सफल हुनुभयाे । सुरुकै अडिसनमा ६ वटै ह्याम्बरिङ बज पाएर एकैपटक टप १४ मा छनाेट हुनुभएका उहाँले टप ८ सम्म आइपुग्दा धेरै कुरा सिकिसक्नुभएकाे छ । 'अब त भोटिङमा भर पर्छ,' प्रशान्तले भन्नुभयाे,'म निरन्तर अभ्यासमा छु, दर्शक र श्रोताको साथ र माया पाए अझै अगाडि बढ्न सक्छु ।”
यस प्रतियोगितामा सहभागितासँगै प्रशान्तले आफ्नो व्यक्तित्व, प्रस्तुति कला र मञ्चमा टिक्न सक्ने आत्मबलमा उल्लेख्य सुधार आएको सुनाउनुभयाे । 'मेराे आवाज र प्रस्तुति हाम्राे संस्कृति र भावनासँग जोडिएकाे छ,' उहाँले भन्नुभयाे, 'म चाहन्छु किशोर–किशोरीले आफ्नाे आवाज चिनुन्, संगीतमा आत्मविश्वास राखुन् र कहिल्यै पछाडि नहटुन् ।'
उहाँका गीतहरूले किशोर पुस्ताबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् । स्थानीय स्तरमा भएका सांगीतिक कार्यक्रम र विद्यालय–क्याम्पसहरूमा पनि उहाँकाे उपस्थिति हर्षजनक देखिन्छ ।
‘किशाेर आवाज’मा सहभागी भएर प्रशान्तले आफ्नो अनुभव साझा गर्दा अरु किशोर–किशोरीका लागि पनि ऊर्जा थपिएकाे महसुस भएको छ । “सपना सानो या ठूलाे होइन, सपनाको पछाडि लाग्ने आँट चाहिन्छ,' प्रशान्तको सन्देशमा आत्मविश्वास झल्किन्छ ।
उहाँ केही समयसम्म पढाइसँगै संगीतमा गहिरो यात्रामा लाग्ने योजना बनाउँदै हुनुहुन्छ । भविष्यमा आफ्नो गीतमार्फत समाजमा सकारात्मक सन्देश फैलाउने चाहना राख्ने उहाँले संगीतलाई पेशा बनाउने उद्देश्य पनि राख्नुभएकाे छ ।
प्रशान्त पाेखरेलकाे सहभागीता एक प्रेरक उदाहरण बनेकाे छ, जसले प्रतिभा, परिश्रम र आत्मविश्वासको समिश्रणले नयाँ सम्भावनाको ढोका खोल्न सकिन्छ भन्ने सन्देश दिन्छ ।

गायिका अभिज्ञा घिमिरे : ‘राधा’बाट चर्चित, अब इन्डियन रियालिटी शोमा प्रतिस्पर्ध…
_4Ea32qqKum_ihp9bcsbchzfuk8c4khc4geub5qe7mrdkksutl1mhcgbzmbks2ljsttwpair_9eYbxIoloX_g1jo6rgdmonemjxu9itvtfw9uaorevwxf8b6loyflbtupkj23si9q8xhmnj9.jpg)
'पढाइ महत्वपूर्ण छ तर त्याे नै सबथाेक हाेइन' (भिडियाे)
सारेगमप लिटिल च्याम्प्समा चम्किँदै राजेश : जसको स्वरले छोएको छ देशको मन (भिडि…

‘कक्षा १० र ११ लाई जोड्ने पुल रहेछ ब्रिजकोर्स’ (भिडियाे)

उमेर बढ्दै जाँदा किशोरीहरूले किन छाड्छन् मार्सल आर्ट ?
‘इनडोर गेमप्रतिको रुचिले बच्चाहरुमा गम्भीर असर पारिरहेको छ’ (भिडियाे)

`हामी देशका लागि पदक जित्छौं तर देशले हामीलाई चिन्दैन´

प्रतिक्रिया