खनालकाे लघुकथामाथि विमर्श
विमर्शको निष्कर्षमा वक्ताहरूले नवोदित नारी स्रष्टाको लघुकथा लेखन सशक्त भएको र आगामी दिनमा अझै सशक्त भएर आउने बलियो सम्भावना रहेको बताउनुभयो ।

लघुकथाकार लक्ष्मी रेग्मी खनालको लघुकथा कृति ‘अन्त्य’ को विमर्श एवम् लघुकथा वाचन समारोह–२०८२ सम्पन्न भएको छ ।
स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैठौं वार्षिकोत्सवको सन्दर्भसँगै आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको सन्दर्भमा वैकल्पिक बाटो, पृथक पाइला सिर्जनात्मक अभियान - २०७६ स्याङ्जाको ३४ औँ पाइलाको रुपमा आयोजना गरिएको लघुकथा कृति विमर्श एवम् एकल लघुकथा वाचन समारोह शनिबार दिउँसो वालिङ–६, मिर्मीस्थित नेचुरल भ्यू प्वाइन्ट रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रममा ‘अन्त्य’ लघुकथा कृतिसँगै लघुकथा विधाको भविष्य र स्याङ्जाको साहित्यमा नारी स्रष्टाहरुको लेखनमाथि केन्द्रित रहेर वक्तात्रय अनन्त अर्याल, शम्भु अर्याल, इन्दु श्रेष्ठ, लघुकथाकार लक्ष्मी रेमी खनालले विमर्श गर्नुभएकाे थियाे । विमर्शकाे संयाेजन मिलन समीरले गर्नुभएकाे थियाे । विमर्शको निष्कर्षमा वक्ताहरूले नवोदित नारी स्रष्टाको लघुकथा लेखन सशक्त भएको र आगामी दिनमा अझै सशक्त भएर आउने बलियो सम्भावना रहेको एवं लघुकथाको भविष्य राम्रो रहेको बताउनुभयो । कार्यक्रम कृतिमाथि नै केन्द्रीकृत भएर समूहगत छलफलको मोडलमा गरिएको थियोे ।
पुतलीबजार–१३ मा जन्मिनुभएकी युवा लघुकथाकार लक्ष्मी रेमी खनाल हाल वालिङमा रहेर सिर्जना कर्ममा क्रियाशील हुनुहुन्छ । स्नातकसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएकी उहाँको `अन्त्य´ लघुकथा पहिलो साहित्यिक कृति हो । उहाँ विभिन्न समयमा भएका लघुकथा विधा केन्द्रित प्रतियोगिताहरुमा पुरस्कृत भइसक्नुभएकाे छ ।
कार्यक्रममा स्याङ्जाली स्रष्टाहरु सरस्वती अर्याल, गुरु ढकाल, भविष्य पण्डित, खगेन्द्रजंग थापा, शोभाकान्त रेमी, विष्णु पण्डेनी पाण्डे, डि.बी. राना, स्मारिका अर्याल, पारिक्षर न्यौपाने, राजु गैरे, वसन्त खनाल, सूर्यांश अर्याल र धनबहादुर शर्मालगायतकाे सहभागिता रहेको थियो ।

'बलिदानका कथाहरू' र 'शिखण्डी' पाठकमाझ

छात्रालाई अशिष्ट म्यासेज पठाउने शिक्षक पक्राउ, विद्यालय ताेडफाेड

छात्रामाथि दुर्व्यवहार आराेपमा विद्यालय ताेडफाेड

प्रधानाध्यापक कुशल व्यवस्थापक हुनुपर्छ : सुनिता डंगाेल

२०२४ मा बालबालिका विरुद्धका घटना ३० वर्षकै बढी : राष्ट्रसंघ

माइलापछि पूजा पनि चिडियाखानामा

गर्मीले विद्यार्थी बिरामी

प्रतिक्रिया