बुधबार ०७ साउन, २०८२

नेपाली समय

Facebook Live Youtube Live

काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि

प्रतियोगितामा ६४ टिमको सहभागिता रहने काठमाडौं जेभियरका संस्थापक प्रिन्सिपल आरबी अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

काठमाडौं जेभियर पब्लिक स्कुलको आयोजनामा दोश्रो काठमाडौं जेभियर पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ६४ टिमको सहभागिता रहने काठमाडौं जेभियरका संस्थापक प्रिन्सिपल आरबी अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान २४–२४ तथा सिनियर गल्र्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा छन् । दुवै समूहको विजेताले ७ हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने काठमाडौं जेभियरका इसीए इन्चार्ज खड्ग केसीले जनाउनुभएकाे छ ।

प्रतियोगिताका खेलहरु नयाँ बानेश्वरको लाखेचौर मार्गस्थित आयोजककै कोर्टमा खेलाइने छ । फाइनल बिहीबार हुनेछ ।