काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि
प्रतियोगितामा ६४ टिमको सहभागिता रहने काठमाडौं जेभियरका संस्थापक प्रिन्सिपल आरबी अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।
काठमाडौं जेभियर पब्लिक स्कुलको आयोजनामा दोश्रो काठमाडौं जेभियर पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ६४ टिमको सहभागिता रहने काठमाडौं जेभियरका संस्थापक प्रिन्सिपल आरबी अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।
सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान २४–२४ तथा सिनियर गल्र्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा छन् । दुवै समूहको विजेताले ७ हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने काठमाडौं जेभियरका इसीए इन्चार्ज खड्ग केसीले जनाउनुभएकाे छ ।
प्रतियोगिताका खेलहरु नयाँ बानेश्वरको लाखेचौर मार्गस्थित आयोजककै कोर्टमा खेलाइने छ । फाइनल बिहीबार हुनेछ ।
तेक्वान्दो टोली चीन जाँदै
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन
तेश्रो काष्ठमण्डप कप बास्केटबलमा काष्ठमण्डप र दीक्षालय फाइनलमा
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
प्रतिक्रिया