बुधबार ०७ साउन, २०८२

नेपाली समय

Facebook Live Youtube Live

क्रिकेटर जोय सम्मानित

एन्जल्स हार्टबाट एइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा जोय सम्मानित भएका हुन् । जोय पनि एसइइ उत्तीर्ण भएका छन् ।

मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुलले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका सदस्य जोय थापालाई नगदसहित सम्मान गरेको छ ।

एन्जल्स हार्टबाट एइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा जोय सम्मानित हुनुभएकाे हाे । जोय पनि एसइइ उत्तीर्ण हुनुभएकाे छ ।

मलेसियामा भएको प्रतियोगितामा जोयले इन्डोनेसिया विरुद्ध ५७ रन, भुटान विरुद्ध ६१ रन र सिंगापुर विरुद्ध २४ रन बनाउनुभएकाे थियाे ।

जोयलाई एन्जल्स हार्टका अध्यक्ष लिलबहादुर पुन, प्रिन्सिपल टकबहादुर थापा र खेलकुद संयोजक सुमन तिमल्सिनाले ए कार्यक्रमबीच सम्मान गर्नुभयाे ।

सोयबलाई रजत
सोयबमान श्रेष्ठले युआईपीएम ग्लोबल लेजर रन सिटीमा रजत जित्नुभएकाे छ । सिंगापुरमा जुलाइ १३ तारिखमा भएको प्रतियोगिताको यु–१७ उमेरसमूहमा रजत जितेको नेपाल मोर्डन पेन्टाथलन संघले जनाएको छ ।