गर्छु नमस्कार (बालगीत)
आमा जस्ती गुरुआमा, बाबा जस्ता गुरु– हजुरकै माया पाई पढ्छु खुरुखुरु, हजुरबाटै पाएको छु ज्ञानको पुरस्कार– उनै गुरु गुरुमालाई गर्छु नमस्कार !
जस्ले मलाई दिनुभयो राम्रो सु-संस्कार
उनै गुरु गुरुमालाई गर्छु नमस्कार !
आमा जस्ती गुरुआमा, बाबा जस्ता गुरु
हजुरकै माया पाई पढ्छु खुरुखुरु
हजुरबाटै पाएको छु ज्ञानको पुरस्कार
उनै गुरु गुरुमालाई गर्छु नमस्कार !
एबिसिडी चिनेँ अनि एक्, दुई गन्न जानेँ
हजुरले गर्दा नै हो क ख भन्न जानेँ
बिर्सेर नि गर्नु हुन्न जसलाई तिरस्कार
उनै गुरु गुरुमालाई गर्छु नमस्कार !
बालसंसारको नयाँ बालगीत `आयो नयाँ पालुवा´ सार्वजनिक
गाइने दाइ (बालगीत)
ध्यानको रन्को (लघुकथा)
जनकपुरको जादुई विवाह (भाग–२)
जनकपुरको जादुई विवाह (बाल-उपन्यास)
चिप्लेकीरा (बालगीत)
विनाेदी, उदासी र घिमिरेलाई माधव वियाेगी पुरस्कार र सम्मान प्रदान
प्रतिक्रिया