सोमबार ०५ साउन, २०८२

नेपाली समय

Facebook Live Youtube Live

गर्छु नमस्कार (बालगीत)

आमा जस्ती गुरुआमा, बाबा जस्ता गुरु– हजुरकै माया पाई पढ्छु खुरुखुरु, हजुरबाटै पाएको छु ज्ञानको पुरस्कार–  उनै गुरु गुरुमालाई गर्छु नमस्कार !

जस्ले मलाई दिनुभयो राम्रो सु-संस्कार
उनै गुरु गुरुमालाई गर्छु नमस्कार !

आमा जस्ती गुरुआमा, बाबा जस्ता गुरु
हजुरकै माया पाई पढ्छु खुरुखुरु
हजुरबाटै पाएको छु ज्ञानको पुरस्कार 
उनै गुरु गुरुमालाई गर्छु नमस्कार !

एबिसिडी चिनेँ अनि एक्, दुई गन्न जानेँ
हजुरले गर्दा नै हो क ख भन्न जानेँ
बिर्सेर नि गर्नु हुन्न जसलाई तिरस्कार
उनै गुरु गुरुमालाई गर्छु नमस्कार !

रमेशचन्द्र घिमिरे

(घिमिरे नेपाली लेखक सङ्घ गण्डकी प्रदेश कार्य समितिका सचिव हुनुहुन्छ । उहाँका बालसाहित्यका कृतिहरु प्रकाशित छन् ।)