मेरी आमा, प्यारी आमा
सुन्दर संसारमा जन्म दियौ– पहिलो शब्दसँगै पाइला चाल्न सिकायौ । कति थकाएँ, कति दुःख दिएँ तर तिमी सधैँ मुस्कुरायौ ।

आमा तिमी मायाकी खानी
तिमी मेरी संसारकी रानी ।
आमा तिमी सुन्दर धर्ती
म सधैं मान्ने छु तिम्रो उपदेश र अर्ती ।
सुन्दर संसारमा जन्म दियौ
पहिलो शब्दसँगै पाइला चाल्न सिकायौ ।
कति थकाएँ, कति दुःख दिएँ
तर तिमी सधैँ मुस्कुरायौ ।
आमा तिमी प्राण हौ संसारलाई भन्नेछु
असल र ठूलो मान्छे बन्नेछु
संसारको खुसी तिमीलाई दिनेछु ।
मेरी आमा, प्यारी आमा ।
प्रतिक्रिया