राम्रो खरायो (बालगीत)
खुर्र यता, खुर्र उता – आमा छोडी जान्छ, दूबो घाँस जे पाए नि कुटुकुटु खान्छ ।
सानोसानो सेतोसेतो
राम्रो खरायो
मैले आऊ भनेको त
परै हरायो
सानोसानो सेतोसेतो .......
खुर्र यता, खुर्र उता
आमा छोडी जान्छ
दूबो घाँस जे पाए नि
कुटुकुटु खान्छ
सानोसानो सेतोसेतो .......
ठाडाठाडा कान छन्
राम्रा ठूला आँखा
डराएर खोरमा पस्छ
ऊनजिक जाँदा
सानोसानो सेतोसेतो .......
माया लाग्छ उसको मलाई
दिन्छु अन्न, पानी
गएन है उसको कहिल्यै
चकचके बानी ।
सानोसानो सेतोसेतो .......
बालसंसारको नयाँ बालगीत `आयो नयाँ पालुवा´ सार्वजनिक
गाइने दाइ (बालगीत)
ध्यानको रन्को (लघुकथा)
जनकपुरको जादुई विवाह (भाग–२)
जनकपुरको जादुई विवाह (बाल-उपन्यास)
चिप्लेकीरा (बालगीत)
विनाेदी, उदासी र घिमिरेलाई माधव वियाेगी पुरस्कार र सम्मान प्रदान
प्रतिक्रिया