मंगलबार ०४ कात्तिक, २०८२

नेपाली समय

Facebook Live Youtube Live

राम्रो खरायो (बालगीत)

खुर्र यता, खुर्र उता – आमा छोडी जान्छ,  दूबो घाँस जे पाए नि कुटुकुटु खान्छ ।

सानोसानो सेतोसेतो 
राम्रो खरायो 
मैले आऊ भनेको त 
परै हरायो
  सानोसानो सेतोसेतो .......

खुर्र यता, खुर्र उता 
आमा छोडी जान्छ 
दूबो घाँस जे पाए नि
 कुटुकुटु खान्छ
     सानोसानो सेतोसेतो .......

ठाडाठाडा कान छन् 
राम्रा ठूला आँखा
डराएर खोरमा पस्छ 
 ऊनजिक जाँदा
        सानोसानो सेतोसेतो .......

माया लाग्छ उसको मलाई 
दिन्छु अन्न, पानी
गएन है उसको कहिल्यै 
चकचके बानी ।
सानोसानो सेतोसेतो .......

ललिता ‘दोषी’

(ललिता ‘दोषी’ २०४१ सालमा ‘शुभकामना’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएकाे हाे । उहाँका ५१ वटा साहित्यिक कृतिहरू प्रकाशित छन् ।)