छात्रामाथि दुर्व्यवहार आराेपमा विद्यालय ताेडफाेड
शिक्षकलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन र प्रधानाध्यापकलाई बर्खास्त गर्न अभिभावकले माग गरेका छन् ।

सिरहाको गोलबजार–८, चोहर्वास्थित जनता नमूना माविका शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै अभिभावकले विद्यालयमा तोडफोड गरेका छन् ।
श्रेष्ठ थरका शिक्षकले १३ वर्षीया र ८ वर्षीया छात्रालाई दुर्व्यवहार गरेको भनी छात्राकी आमाले विद्यालयमा उजुरी गरे पनि सुनुवाइ नभएकाे आराेपसहित अभिभावक र युवा तोडफोडमा उत्रिएका हुन् ।
शिक्षकलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन र प्रधानाध्यापकलाई बर्खास्त गर्न अभिभावकले माग गरेका छन् ।विद्यालयमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
छोरी विद्यालय जान डराएपछि साेधपुछ गर्दा कुरा खुलेको पीडितकी आमाले बताउनुभएकाे छ । उहाँका अनुसार शिक्षकले कक्षामै संवेदनशील अंग छुने गरेको छाेरीहरुले बताएका छन् ।
आफूले गत शुक्रबारै विद्यालयमा उजुरी गरे पनि प्रधानाध्यापकबाट ढाकछोप गर्न खोजिएको छात्राकी आमाकाे आरोप छ ।
तोडफोड र नाराबाजीपछि गोलबजार प्रहरीले साेमबार शिक्षकलाई नियन्त्रणमा लिएको छ । इन्स्पेक्टर गोविन्दप्रसाद साहले घटनाबारे अनुसन्धान गरिरहेको बताउनुभएकाे छ ।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया