सोमबार २३ असार, २०८२

नेपाली समय

Facebook Live Youtube Live

बालसंसारकाे तेस्राे बालगीत ‘माछा खोलीमा’ सार्वजनिक

ललिता 'दोषी'ले रचना गर्नुभएको गीतमा अभय दुवाडीले स्वर दिनुभएकाे छ भने संगीत संयाेजन रमेश सुवेदीकाे छ ।

 

बालबालिकाका मनोरञ्जन र सिर्जनात्मक विकासलाई निरन्तर साथ दिँदै आएको बालसंसार डटकमले तेस्रो बालगीत ‘माछा खोलीमा’ सार्वजनिक गरेको छ। बालबालिकाको स्वाद र चासो अनुरूप तयार पारिएको यो गीतले श्रोतामाझ नयाँ उमङ्ग र उत्साह ल्याउने विश्वास गरिएको छ।

गीतमा स्वर दिनुभएको छ- बालगायक अभय दुवाडीले, जसको मिठासपूर्ण स्वरले गीतलाई जीवन्त बनाएको छ। मीठो लय र सरल शब्दले सजिएको यो गीतको संगीत संयोजन रमेश सुवेदीले गर्नुभएको छ । सुवेदीको संगीतले गीतलाई बालबालिकाका लागि आकर्षक र सहज बनाउँदै श्रोताको कानमा आनन्द छर्ने खालको बनाएको छ।

गीतको रचना ललिता 'दोषी'ले गर्नुभएको हो, जसले बालबालिकाको जिज्ञासा, रमाइलोपन र प्रकृतिप्रतिको नजिकपनलाई सरल भाषामा उतार्नुभएको छ । ‘माछा खोलीमा’ शीर्षक नै गीतको कथा बताउने खालको छ, जसमा खोली, माछा, पानी र खेलकुदलाई जोड्दै बालबालिकालाई प्रकृतिसँग घुलमिल हुने प्रेरणा दिन खोजिएको छ।

गीतको रेकर्डिङ सारेगम म्युजिक सेन्टर रेकर्डिङ स्टुडियो भक्तपुरमा गरिएको हो । प्राविधिक गुणस्तर, स्पष्ट ध्वनि तथा आकर्षक संगीत संयोजनले गीतलाई श्रोतामैत्री बनाएको छ।

रचनाकार 'दोषी'का अनुसार ‘माछा खोलीमा’ गीतले बालबालिकालाई गीत–सङ्गीतमार्फत रमाइलो गर्ने अवसर दिनुका साथै उनीहरूको कल्पनाशक्ति र भाषिक विकासमा सहयोग पुर्‍याउनेछ।

यस गीतलाई बालसंसारको वेबसाइट र विभिन्न डिजिटल प्लेटफर्महरूमा सुन्न र हेर्न सकिनेछ। बालबालिकासँगै अभिभावकलाई पनि यो गीतले बालसंसारको विविधता र सिर्जनात्मकताको आनन्द लिन सघाउने अपेक्षा गरिएको छ।