एसईईमा ४ जिपिए ल्याएकी गाेमालाई मीनबहादुर गुरुङकाे सम्मान
भक्तपुरको एक इँटाभट्टामा काम गर्दै अध्ययन गरेर २०८१ सालकाे एसईईमा ४ जिपिए ल्याउन सफल गोमालाई ११ र १२ कक्षाको अध्ययन आफ्नै खर्चमा गराउने र त्यसपछि एमबीबीएस तहसम्मको अध्ययनका लागि सहयोग गर्ने बचन गुरूङले दिनुभएकाे छ ।

भक्तपुरको एक इँटाभट्टामा काम गर्दै अध्ययन गरेर २०८१ सालकाे एसईईमा ४ जिपिए ल्याउन सफल गाेमा श्रेष्ठकाे अध्ययनमा भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङले सहयाेग गर्नुहुने भएकाे छ ।
गोमाको बारेमा सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि गुरुङ दम्पतीले एमबीबीएस तहसम्मको अध्ययन गराउने बचन दिनुभएकाे हाे । गोमालाई बिहीबार भाटभटेनीस्थित आफ्नै कार्यालयमा बोलाएर अध्यक्ष गुरूङ र श्रीमती सावित्री गुरूङले एक लाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्रसहित सम्मान गर्नुभएकाे छ ।
गुरूङले गोमालाई ११ र १२ कक्षाको अध्ययन आफ्नै खर्चमा गराउने र त्यसपछि एमबीबीएस तहसम्मको अध्ययनका लागि सहयोग गर्ने बचन दिनुभएकाे छ ।
चाँगुनारायण नगरपालिका–८ स्थित सुडालको एक इँटाभट्टामा बस्ने गोमाले बिहान बेलुकी इँटा सुकाउने काममा सहयोग गर्दै आउनुभएकाे थियाे ।
गाेमाले डाक्टर बन्ने चाहना राखेको बताएपछि भाटभटेनी समूहका अध्यक्ष तथा व्यवसायी गुरूङले एमबीबीएस तहसम्मको अध्ययन खर्च बेहोर्ने प्रतिवद्धता जनाउनुभएकाे हाे ।

युराेपमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव

महात्मा गान्धी : साधारण जीवन, ठूलो प्रेरणा

जेनजी पुस्ता : इन्टरनेटको सहारामा उदाएको नयाँ शक्ति

बाँकेको बाल सुधारगृहमा झडप, ५ जनाको मृत्यु

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीकाे प्रदर्शन (भिडियाे)

परम्परा, पहिचान र उत्पादनसँग जोडिएको धान दिवस

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम

प्रतिक्रिया