एसइईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड
१ लाख ६७ हजार ५९७ विद्यार्थी नतिजा अवर्गीकृत (एनजी), एनजीमा परेकाकाे पूरक परीक्षा साउन २९ गते
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् ।
शुक्रबार साँझ सार्वजनिक नतिजाअनुसार वि.सं २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जिपिएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना छन् ।
त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने ४ हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् ।
१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । १ लाख ६७ हजार ५९७ विद्यार्थी नतिजा अवर्गीकृत (एनजी) भएका छन् ।
एनजी आएकाहरुको पुरक परीक्षा साउन २९ गते तोकिएको छ । बाेर्डले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजीमा राख्ने गरेको छ ।
एसईई २०८१ मा ४ जिपिए ल्याएकामा आयुष र ३.७४ जिपिए ल्याएकामा सुलभलाई बधाई !

मन्त्रीकाे स्वागतमा खटाइए बालबालिका
एमबिबिएस प्रवेश परीक्षामा प्रथम हुने छात्रालाई सम्मान
देशभरका सामुदायिक विद्यालयका नाममा रहेका जग्गा खाेज्दै शिक्षा मन्त्रालय
करियर कर्नर : भविष्यको बाटो पहिचान गर्ने प्रयास (भिडियाे)
सिचु पाठशालामा शुभकामना तथा सांस्कृतिक कार्यक्रम (भिडियाे)
कक्षा १२ काे पुरक परीक्षा आजदेखि
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते
प्रतिक्रिया