नेपाल एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको प्रिक्वाटरफाइनलमा
उज्वेकिस्तानको तास्कन्दमा जारी प्रतियोगिताको ग्रुप १ को खेलमा साउदी अरबियालाई ३–१ ले पराजित गर्दै नेपाल प्रिक्वाटरफाइनलमा पुग्न सफल भएकाे हाे ।
नेपाल २९ औं एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु–१९ ब्वाइज टिम इभेन्टमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
उज्वेकिस्तानको तास्कन्दमा जारी प्रतियोगिताको ग्रुप १ को खेलमा साउदी अरबियालाई ३–१ ले पराजित गर्दै नेपाल प्रिक्वाटरफाइनलमा पुग्न सफल भएकाे हाे । ३ अंक बटुलेको नेपाल समूह उपविजेता हुँदै प्रिक्वाटरफाइनलमा पुगेको टोली प्रमुख ज्याकी महर्जनले जनाउनुभएकाे छ ।
नेपालबाट पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल सहभागी हुनुहुन्छ । नेपालको समूहमा भारत र साउदी अरबिया छन् । नेपाल र साउदीलाई हराएको भारत समूह विजेता बन्दै प्रिक्वाटरफाइनलमा पुग्यो ।
प्रिक्वाटरफाइनलमा नेपालले मलसेयाको सामना गर्ने छ । टोली प्रमुख महर्जन र प्रशिक्षक मोहनदास बासुकलाले नेपाली टेबलटेनिसको इतिहासमा यो सफलता ऐतिहासिक भएको बताउनुभयाे ।
तेक्वान्दो टोली चीन जाँदै
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन
तेश्रो काष्ठमण्डप कप बास्केटबलमा काष्ठमण्डप र दीक्षालय फाइनलमा
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
प्रतिक्रिया