नेपाल एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको प्रिक्वाटरफाइनलमा
उज्वेकिस्तानको तास्कन्दमा जारी प्रतियोगिताको ग्रुप १ को खेलमा साउदी अरबियालाई ३–१ ले पराजित गर्दै नेपाल प्रिक्वाटरफाइनलमा पुग्न सफल भएकाे हाे ।
_9l5J3mg6vq_q4erfdous5bndysv0m56ecn2i74lci3xxhqyfzgo32ihdt6sd8hybdw0iax7_EflS3T9Ue5_zr3mro1dlhc24bb9tnlk8hi57fm4rlaza9n2jzhlmumbrabpoph9nvp96ica.jpeg)
नेपाल २९ औं एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु–१९ ब्वाइज टिम इभेन्टमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
उज्वेकिस्तानको तास्कन्दमा जारी प्रतियोगिताको ग्रुप १ को खेलमा साउदी अरबियालाई ३–१ ले पराजित गर्दै नेपाल प्रिक्वाटरफाइनलमा पुग्न सफल भएकाे हाे । ३ अंक बटुलेको नेपाल समूह उपविजेता हुँदै प्रिक्वाटरफाइनलमा पुगेको टोली प्रमुख ज्याकी महर्जनले जनाउनुभएकाे छ ।
नेपालबाट पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल सहभागी हुनुहुन्छ । नेपालको समूहमा भारत र साउदी अरबिया छन् । नेपाल र साउदीलाई हराएको भारत समूह विजेता बन्दै प्रिक्वाटरफाइनलमा पुग्यो ।
प्रिक्वाटरफाइनलमा नेपालले मलसेयाको सामना गर्ने छ । टोली प्रमुख महर्जन र प्रशिक्षक मोहनदास बासुकलाले नेपाली टेबलटेनिसको इतिहासमा यो सफलता ऐतिहासिक भएको बताउनुभयाे ।
प्रतिक्रिया