२०२४ मा बालबालिका विरुद्धका घटना ३० वर्षकै बढी : राष्ट्रसंघ
राष्ट्रसङ्घले प्यालेस्टिनी क्षेत्र, कङ्गो लोकतान्त्रिक गणतन्त्र, सोमालिया, नाइजेरिया र हाइटीमा सबैभन्दा बढी गम्भीर उल्लङ्घनका घटना भएको उल्लेख गरेको छ।

संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा सशस्त्र द्वन्द्वमा बालबालिका विरुद्धका घटना ३० बर्षकै सबैभन्दा बढी भएको जनाएको छ।
राष्ट्रसङ्घले प्यालेस्टिनी क्षेत्र, कङ्गो लोकतान्त्रिक गणतन्त्र, सोमालिया, नाइजेरिया र हाइटीमा सबैभन्दा बढी गम्भीर उल्लङ्घनका घटना भएको उल्लेख गरेको छ।
राष्ट्रसङ्घीय महासचिवका बालबालिका र सशस्त्र द्वन्द्वका लागि विशेष प्रतिनिधि भर्जिनिया गाम्बाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को छलफलका क्रममा युद्ध र सशस्त्र द्वन्द्वले बालबालिकामा पारेको भयानक स्तरको हिंसाका बारेमा बैठकलाई उक्त कुरा बताउनुभएकाे हाे ।
“युद्ध र द्वन्द्वका पक्षहरू र हामी अन्तर्राष्ट्रिय समुदायले सबै बालबालिकाको हितका लागि शान्ति सम्झौता गर्नुको साटो हाम्रा छोराछोरीका लागि ठूलो मूल्य चुकाएर सैन्य माध्यमबाट हाम्रा विवादहरू सुल्झाउन चाहेको जस्तो देखिन्छ,” उहाँले भन्नुभयाे ।
'विश्वव्यापी रूपमा र विशेष गरी गाजामा बालबालिकामा के भइरहेको छ भनेर कुनै काम नगरी हामी हेरेर बस्न सक्दैनौँ, गाजाका बालबालिकाले भोगेको विनाश र पीडाको परिणमले हरेक मानव मापदण्डको अवहेलना र उल्लङ्घन गर्दछ,' उहाँले भन्नुभयाे, 'बालबालिकालाई खाना, स्वास्थ्य सेवा र सुरक्षाको पहुँचसहित आफ्नो अस्तित्वको साधनबाट वञ्चित गर्ने कुनै औचित्य छैन ।'

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

हैजा सङ्क्रमण बढेपछि वीरगञ्जका विद्यालय बन्द

मदन पुरस्कार 'उरमाल' उपन्यासलाई, जगदम्बाश्री प्रेमदेव गिरीलाई

निजी विद्यालयले घाेषणा गरे आन्दाेलन

प्रतिक्रिया