लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम
पोषण नहुँदा त्यसले स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै मृत्युसमेत हुने भएकाले अभियान सञ्चालन गर्न लागिएको हाे ।

लुम्बिनी प्रदेशमा मातृ तथा बाल स्वास्थ्य सुधारका लागि पोषण विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ ।
पोषण अवस्थामा सुधार एवम् बाल तथा मातृ मृत्युदर घटाउन लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयलले बिहीबार स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँगको अन्तरक्रिया आयोजना गरेको थियो ।
बढ्दो मातृ तथा बाल मृत्युदर घटाउन विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयका जनस्वास्थ्य प्रशासक उमेश गौतमले जानकारी दिनुभयाे । पोषण नहुँदा त्यसले स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै मृत्युसमेत हुने भएकाले अभियान सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ ।
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ तथा बाल मृत्युदर भएका ५ जिल्लामा पोषण विशेष कार्यक्रम गर्न लागिएको हो । आगामी आर्थिक वर्षदेखि बाँके, बर्दिया, दाङ, रुपन्देही र कपिलवस्तुमा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने उहाँले उल्लेख गर्नुभयाे । त्यसका लागि मन्त्रालयले आठ करोड बजेट विनियोजन गरेको गौतमले बताउनुभयाे । लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब दुर्गालक्ष्मी श्रेष्ठले पोषणमा सुधार ल्याउन प्रदेशले स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयाे ।
प्रदेशका वरिष्ठ नर्सिङ प्रशासक प्रमुख इश्वरी केसीले विषयवस्तु र कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभयाे । अन्तरक्रियाका सहभागीले बालबालिकामा कुपोषण हुन नदिन जनस्वास्थ्यका क्रियाकलापलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयाे । लुम्बिनी प्रदेश मातृ तथा बाल मृत्युदर बढी हुने प्रदेशमा पर्छ ।

एसईईमा ४ जिपिए ल्याएकी गाेमालाई मीनबहादुर गुरुङकाे सम्मान

परम्परा, पहिचान र उत्पादनसँग जोडिएको धान दिवस

राष्ट्रपति रनिङ सिल्डमा प्रवीण र संगीताको कीर्तिमान

बालबालिकामा बढ्दो मोबाइल एडिक्सनबारे बुझाउने चलचित्र ‘झिल्को’

निजीमा पढाइ सुरु, सामुदायिकमा रिजल्ट न भर्ना

शिक्षक महासंघद्वारा शैक्षिक हड्तालको घोषणा

स्मार्टफाेनले बालबालिकाको शिक्षालाई मद्दत गरिरहेको छ कि हानि ?

प्रतिक्रिया