बुढानीलकण्ठमा समर फुटबल क्याम्प सुरु
बुढानीलकण्ठ नगरपालिका वडा–१० ले जुनियर फुटबलर उत्पादन गर्ने उद्देश्यले १४ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर समर फुटबल क्याम्प सुरु गरेको हाे ।

बुढानीलकण्ठ नगरपालिका वडा–१० ले जुनियर फुटबलर उत्पादन गर्ने उद्देश्यले १४ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर समर फुटबल क्याम्प सुरु गरेको छ ।
नर्थ स्टार फुटबल एकेडेमीको प्राविधिक सहयोगमा बुनपा वडा–१० ले कपनस्थित ह्यान्डबल बहुउद्देश्यीय स्पोर्टस् सेन्टरमा बुधबारदेखि ११ दिने फुटबल क्याम्प सुरु गरेको हो ।
क्याम्पको बुढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी र वडा–१० का अध्यक्ष नवराज भट्टराईले उद्घाटन गर्नुभएकाे हाे । सो अवसरमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर विशाल श्रेष्ठ र तेक्वान्दो प्रशिक्षक दीपक दुलाललगायत उपस्थिति हुनुहुन्थ्याे ।
यस वडाबाट थप प्रतिभावान फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले ७ वर्षदेखि १४ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै क्याम्प सुरु गरिएको वडा–१० का अध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयाे । क्याम्पमा कुल ६० जना बालबालिका सहभागी छन् । हरेक बिहान ६ः३० देखि ८ः३० बजेसम्म सञ्चालन हुनेछ ।
राष्ट्रिय टोलीका पूर्वसदस्य विशालको प्रशिक्षण टोलीमा महेश श्रेष्ठ, कपिल ढकाल, सन्दीप खड्का, मनीष पौडेल र जयप्रकाश बोमजन हुनुहुन्छ । ११ दिने प्रशिक्षणका क्रममा फुटबलको आधारभूत अभ्यास, बल नियन्त्रण तथा कौशलको विकास, टिम भावना र नेतृत्व विकासका साथै खेलकुदमार्फत अनुशासन र प्रोत्साहनजस्ता पक्षमा बालबालिकालाई प्रशिक्षण गराउने मुख्य प्रशिक्षक विशाल श्रेष्ठले बताउनुभयाे ।
मेयर मिठाराम अधिकारीले नगरभित्र खेलकुद विकासलाई नयाँ उचाइमा पु¥याउने विभिन्न खेल विधालाई प्रोत्साहित गर्दै आएको जानकारी दिनुभयाे ।
वडा–१० का अध्यक्ष नवराज भट्टराईले स्थानीय स्तरमै बालबालिकालाई खेलकुदप्रति प्रेरित गर्दै उनीहरूको प्रतिभा, अनुशासन, आत्मविश्वास र सामाजिक समावेशिताको भावना विकास गर्नु क्याम्पको मुख्य उद्देश्य रहेको बताउनुभयाे । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राम्रो अनुभव र व्यावसायिक रूपमा सफल खेलाडीको प्रशिक्षणबाट राम्रो जुनियर खेलाडी उत्पादनसँगै कुशल नागरिक बन्न प्रेरित हुने विश्वास व्यक्त पनि व्यक्त गर्नुभयाे ।
एस आईबीएस बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
_111uIAn6sR_jeervyjobdlgxitsltxj723r25hrqw6gwaz8csyuuafsmm8kzlhoeiopnnzo_zfBimJ1AEM_4y33xix0rjowprtxcgpkgv23bln8ocxe5az7zpp2314l1ksgrww052jlcjuc.jpeg)
रिब्स र मल्पी सेमिफाइनलमा
न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

रेडियन्ट रिडर्स एकेडेमी क्वार्टरफाइनलमा
पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि
स्प्रिङ भ्याली र ज्ञान मन्दिर काठमाडौं छात्र फुटसलकाे प्रि–क्वार्टर फाइनलमा

यू-२० महिला एसियन कप छनोटमा नेपालको जित
_ftxbxmFVMU_fak6if1ynlzo8ajq6hueqsdqof6z5lxxm1y8m6l3fphymrldlt8aso9c6jee_5I8KlDQL8d_klgmexqq1bijrsk9rhodmaipry2lt9y9vktv5phxvmqjhyrzercy9dqx5rhf.jpeg)
प्रतिक्रिया