‘कक्षा १० र ११ लाई जोड्ने पुल रहेछ ब्रिजकोर्स’ (भिडियाे)
'नेपाल सम्भावना बोकेको सुन्दर देश हो तर राजनीतिक अस्थिरता र व्यवस्थापनको कमजोरीका कारण पछि परेको छ ।’
किशोर आवाजको २३ औं भागमा हामीले आयुष अधिकारी र सुलभ न्यौपानेसँग कुरा गरेका छौं ।
धादिङका आयुष र नुवाकोटका सुलभले एसईई दिएपछि काठमाडौंमा बसेर ब्रिजकोर्स पढिरहनुभएको छ । आयुषले धादिङबेसीस्थित न्यु किबो बोर्डिङ स्कुलबाट एसईई दिनुभएको हो भने सुलभले नुवाकोटको वागीश्वरी माविबाट ।
‘ब्रिजकोर्सको फाइदा के रहेछ त ?’ यो प्रश्नमा आयुष भन्नुहुन्छ, ‘यो कक्षा १० र ११ को कोर्सलाई जोड्ने पुल रहेछ ।’ यो कोर्स पढ्दा कक्षा ११ मा पढ्न सजिलो हुने आयुष बताउनुहुन्छ ।
‘एसईईसम्म हामीले त्यस्तो धेरै मान्छेहरुसँग प्रतिस्पर्धा गर्नुपरेन, अहिले यहाँ एक हजारभन्दा बढी साथीहरु हुनुहुन्छ,’ आयुष भन्नुहुन्छ, ‘यति धेरै मान्छेहरुसँग बसेर पढ्दा आफ्नो अवस्था थाहा पाइने रहेछ । धेरै जनाबीच प्रतिस्पर्धा गर्न पनि रमाइलो लाग्छ ।’
आयुष र सुलभले कक्षा ११ मा विज्ञान विषय लिएर पढ्ने सोच बनाउनुभएको छ । ‘विज्ञान लिएर कक्षा १२ सकेपछि म सिभिल इञ्जिनियरिङ पढ्छु,’ सुलभ भन्नुहुन्छ । आयुषचाहिँ आइटी पढ्ने र भविष्यमा एआईसम्बन्धी काम गर्ने बताउनुहुन्छ ।
सुलभले ब्रिजकोर्ससँगै चिनियाँ भाषा पनि सिकिरहनुभएको छ । ‘काम गर्नका लागि पछि चिनियाँहरुले हामीलाई खोज्दै आउने अवस्था हुनसक्छ,’ चिनियाँ भाषा सिक्नुको कारण खोल्दै सुलभ भन्नुहुन्छ, ‘चिनियाँहरुको जनसंख्या धेरै छ, अहिले अंग्रेजी भएजस्तै भोलि कुराकानीका लागि चिनियाँ माध्यम भाषा बन्न पनि सक्छ ।’
आफ्नो देशलाई तपाईं कसरी चिनाउनुहुन्छ ? ‘नेपाल सम्भावना बोकेको सुन्दर देश हो तर राजनीतिक अस्थिरताका कारण पछि परेको छ,’ आयुष भन्नुहुन्छ, ‘नेताहरुले राम्रोसँग नेतृत्व गर्न नसक्दा विकास गर्न सकिएको छैन जस्तो लाग्छ ।’
यही प्रश्नमा सुलभ भन्नुहुन्छ, ‘हाम्रो देश अरु देशको तुलनामा पूरै भिन्न र युनिक छ । हाम्रो भूगोल सानो छ तर सम्भावना धेरै छ । हामीले धेरै गर्न सकिन्छ तर व्यवस्थापनको समस्या छ ।’
आयुष र सुलभलाई स्वदेशमै बसेर पढ्न र काम गर्न मन छ । आयुष र सुलभसँगको कुराकानी सुनौं– भिडियोमा ।

उमेर बढ्दै जाँदा किशोरीहरूले किन छाड्छन् मार्सल आर्ट ?
‘इनडोर गेमप्रतिको रुचिले बच्चाहरुमा गम्भीर असर पारिरहेको छ’ (भिडियाे)

`हामी देशका लागि पदक जित्छौं तर देशले हामीलाई चिन्दैन´

एसईईपछि SIP र SHARE सिकिरहेका कृष्ण र अर्पण (भिडियाे)
‘विवाह अभिभावकको दबाबमा होइन, आफ्नो इच्छाअनुसार गर्नुपर्छ’ (भिडियाे)

चाहना र आयुश्नाकाे डाक्टर बन्ने लक्ष्य (भिडियाे)
‘आफ्ना समस्या सेयर गर्न नसक्दा किशोरकिशोरीमा मानसिक तनाव बढ्दो छ’ (भिडियाे)

प्रतिक्रिया