‘बच्चामा पनि न्युरोलोजिकल समस्या देखा पर्छन्’
'ठूलो मान्छेमा जस्तै बालबालिकामा पनि न्युरोलोजिक समस्याहरु देखा पर्छन् तर छारे रोग निकै कम मात्रै देखा पर्छ ।’
प्राडा राजीव झा नेपालकै जेठो वीर अस्पतालको न्युरोसर्जरी विभागको नेतृत्व गरिरहनुभएको छ । वीर अस्पतालमा उहाँ मेडिकल अफिसरबाट सेवा प्रवेश गर्नुभएको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा प्राध्यापकसमेत रहनुभएका उहाँसँग पढेर धेरै जना न्युरोसर्जन बनिसक्नुभएको छ ।
बालबालिकामा हुने प्रमुख न्युरोलोजिकल समस्या, न्युरोसम्बन्धी समस्याका लक्षण, न्युरोलोजिकल समस्याले बच्चाको पढाइ र सामाजिक व्यवहारमा पार्ने असरलगायत विषयमा हामीले डा. झासँग कुराकानी गरेका छौं ।
बच्चाहरुमा पनि न्युराेलाेजिकल समस्या हुने उहाँ बताउनुहुन्छ । ‘ठूलो मान्छेमा जस्तै बालबालिकामा पनि न्युरोलोजिक समस्याहरु देखा पर्छन्,’ डा. झा भन्नुहुन्छ, ‘तर छारे रोग बालबालिकामा निकै कम मात्रै देखा पर्छ ।’
सुनौं झाका विचार भिडियोमा–

सार्वजनिक स्थानमा धूम्रपान गरे पाँच सय जरिवाना (भिडियाे)

वर्षायाममा बालबालिकाको स्वास्थ्य कसरी जाेगाउने ?

फलामे खोरभित्र गुम्सिएकाे पवनकाे खुसी

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो
‘बच्चा र ठूला मान्छेमा एन्जाइटी र डिप्रेसनका लक्षण फरक हुन्छन्' (भिडियाे)

बालबालिकालाई याेग र ध्यान किन गराउने ?

प्रतिक्रिया