प्राज्नालाई आरम्भको सम्मान
दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगितामा २ पदक जितेकोमा प्राज्नालाई सम्मान गरिएको हो ।
गल्कोपाखास्थित आरम्भ संस्कार विद्यालयले टेबलटेनिस खेलाडी प्राज्ना महर्जनलाई सोमबार नगदसहित सम्मान गरेको छ ।
विद्यालयका कक्षा कप्तान तथा लिडर गरी ७२ जना विद्यार्थीलाई विभिन्न पदमा पदस्थापन गरिएको कार्यक्रममा प्राज्ना नगद १५ हजारसहित सम्मानित हुनुभएकाे हाे ।
दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगितामा २ पदक जितेकोमा प्राज्नालाई सम्मान गरिएको हो । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा उक्त प्रतियोगिता गत बैशाख ११ देखि १४ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको थियो ।
प्राज्नाले यु–१५ गल्र्स डबल्समा रजत र टिम इभेन्टमा कांस्य पदक जित्नुभएकाे थियाे । नेपालले प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कांस्य गरी १२ पदक जितेको थियो ।
प्राज्ना आरम्भमै पूर्ण छात्रवृत्तिमा कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ । आरम्भले प्राज्नासँगै टेबलटेनिस खेलाडी निश्चल थापा, यमिला श्रेष्ठ, आभा प्रधान र दिवाश्री श्रेष्ठलाई पनि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।
प्राज्नालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, आरम्भका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ र भाइस प्रिन्सिपल दिनेश श्रेष्ठले सम्मान गर्नुभयाे ।
एस आईबीएस बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
_111uIAn6sR_jeervyjobdlgxitsltxj723r25hrqw6gwaz8csyuuafsmm8kzlhoeiopnnzo_zfBimJ1AEM_4y33xix0rjowprtxcgpkgv23bln8ocxe5az7zpp2314l1ksgrww052jlcjuc.jpeg)
रिब्स र मल्पी सेमिफाइनलमा
न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

रेडियन्ट रिडर्स एकेडेमी क्वार्टरफाइनलमा
पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि
स्प्रिङ भ्याली र ज्ञान मन्दिर काठमाडौं छात्र फुटसलकाे प्रि–क्वार्टर फाइनलमा

यू-२० महिला एसियन कप छनोटमा नेपालको जित
_ftxbxmFVMU_fak6if1ynlzo8ajq6hueqsdqof6z5lxxm1y8m6l3fphymrldlt8aso9c6jee_5I8KlDQL8d_klgmexqq1bijrsk9rhodmaipry2lt9y9vktv5phxvmqjhyrzercy9dqx5rhf.jpeg)
प्रतिक्रिया