राष्ट्रपति रनिङ सिल्डको दोश्रो दिन चार कीर्तिमान
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनी प्रदेशका राहुल थारुले २७ वर्षअघिको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान रच्नुभयाे ।
_XIWHm9wh1d_khfpjdkjsgvqixq2fw2legvdi5hzrqpmum3ejeggtzn3elozuyur7qwzg7la_r6w4ZT8EKS_zniq4d9ajnlxmgcjj64z8ylj0t6ud4qksvqgfcwq474ny6r0dmkhoemwhftd.jpeg)
पन्ध्रौं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोश्रो दिन बिहीबार एथलेटिक्समा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएकाे छ ।
छात्र ज्याभ्लिन थ्रो, छात्रा ८ सय मिटर दौड र छात्र/छात्राको ४ गुणा ४ सय मिटर रिलेमा कीर्तिमान बनेकाे हाे । पहिलो दिन दुई कीर्तिमान बनेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनी प्रदेशका राहुल थारुले २७ वर्षअघिको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान रच्नुभयाे । उहाँले ५७.४० मिटर थ्रो गर्दै २०५५ साल धीरेन्द्रजंग शाहले बनाएको ५५.५० मिटरको कीर्तिमान भंग गर्नुभएकाे हाे । कर्णाली प्रदशेका सुशान्त नेपाली दोश्रो तथा सुदूरपश्चिमका लोकेश एडी तेश्रो हुनुभयाे ।
छात्रा ८ सय मिटर दौड २ मिनेट १७.९ सेकेन्डमा तय गर्दै गण्डकी प्रदेशकी नारायणी भण्डारीले कीर्तिमान बनाउनुभयाे । नारायणीले २०८१ सालमा सरिता खड्काले बनाएको २ मिनेट २८.५ सेकेन्डको कीर्तिमान तोड्नुभएकाे हाे । बागमती प्रदेशकी भगवती खड्का दोश्रो तथा सुदूरपश्चिमकी संगीता विक तेश्रो हुनुभयाे ।
छात्र ४ गुणा ४ सय मिटर रिलेमा बागमतीका प्रवीन रानामगर, निरज थारु, हस्त सुनार र शन्तबहादुर दराईको टोलीले कीर्तिमानी स्वर्ण जित्याे । उक्त टोलीले निर्धारित दूरी ३ मिनेट ३०.९ सेकेन्डमा तय गरेकाे थियाे । यसअघि चन्द्र बोहरा, अमित, कविर विक र सुक्वीरको टोलीको नाममा ३ मिनेट ३१.० सेकेन्ड (२०८० साल) को कीर्तिमान थियो । गण्डकी दोश्रो तथा लुम्बिनी तेश्रो बने ।
सोही स्पर्धाको छात्रामा बागमतीकै दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेल सम्मिलित टोलीले कीर्तिमान स्थापित गरेकाे छ । टोलीले निर्धारित दूरी तय गर्न ४ मिनेट १२.८ सेकेन्ड समय खर्चियाे । ४ मिनेट १७.२ सेकेन्डको कीर्तिमान भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राणाको नाममा रहेको थियो । उहाँहरुले २०८१ सालमा कीर्तिमान बनाउनुएकाे थियाे । सुदूरपश्चिम दोश्रो तथा गण्डकी तेश्रो स्थानमा रहे ।
छात्रा ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमकी पूजा साउदले स्वर्ण जित्नुभयाे । पूजाले ३०.३२ मिटर थ्रो गर्नुभयाे । कोशीकी उर्मिला राईले रजत तथा बागमतीकी सिर्जना श्रेष्ठले कांस्य जित्नुभयाे । छात्र ८ सय मिटर दौडमा सुदूरपश्चिमका विक्रम विष्टले शीर्ष स्थान हात पार्नुभयाे । उहाँले २ मिनेट ०२.७ सेकेन्डमा निर्धारित दूरी पार गर्नुभयाे । कर्णालीका धीरेन्द्र विक दोश्रो तथा लुम्बिनीका आयुश थारु तेश्रो बन्नुभयाे ।
छात्र लङजम्पमा गण्डकीका प्रदीप महतोले ६.६९ मिटर जम्प गर्दै पहिलो हुनुभयाे । सुदूरपश्चिमका विवेक चौधरी दोश्रो तथा बागमतीका दीपेन्द्र गिरी तेश्रो हुनुभयाे । सो स्पर्धाको छात्रामा बागमतीकी अनिशा थारुले स्वर्ण जित्नुभयाे । अनिशाले ५.१८ मिटर जम्प गर्नुभयाे । सुदूरपश्चिमकी पवित्रा चौधरीले रजत तथा सुदूरपश्चिमकै रेनुका ऐरले कांस्य हात पार्नुभयाे ।

बुढानीलकण्ठमा समर फुटबल क्याम्प सुरु
प्राज्नालाई आरम्भको सम्मान

सुविन र रिहान्नालाई यू–१९ ब्याडमिन्टन प्रतियोगिताको स्वर्ण

प्रथम जुनियर नेशनल च्याम्पियनसिप चेस सुरु

चेस च्याम्पियनसिपकाे उपािध मार्भलस बोर्डिङ्गलाई

यु–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि

सायम अन्तरकलेज फुटसल असारमा

प्रतिक्रिया