शनिबार ०७ असार, २०८२

नेपाली समय

Facebook Live Youtube Live

बाबा (बालगीत)

भाइलाई जति माया  मलाई पनि उस्तै  ! हामी दुईका खेलौना नि हुन्छ है दुरुस्तै !

सधैँ कथा भन्नुहुन्छ 
बाबा राती–राती
पुग्नुपर्छ भन्नुहुन्छ 
चन्द्र जस्तै माथि 
       सधैँ कथा भन्नुहुन्छ ।

भाइलाई जति माया 
मलाई पनि उस्तै 
हामी दुईका खेलौना नि
हुन्छ है दुरुस्तै
         सधैँ कथा भन्नुहुन्छ ।

बजारबाट नाना, पापा 
ल्याई दिनुहुन्छ 
माया गर्दै दूधुमाम
खुवाई दिनुहुन्छ 
       सधैँ कथा भन्नुहुन्छ ।

कहिले भन्नुहुन्छ नानी !
कहिले सानी परी 
कहिले गाउनु हुन्छ गीत 
भाका लै बरी
          सधैँ कथा भन्नुहुन्छ ।

ललिता ‘दोषी’

(ललिता ‘दोषी’ २०४१ सालमा ‘शुभकामना’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएकाे हाे । उहाँका ५१ वटा साहित्यिक कृतिहरू प्रकाशित छन् ।)