चेस च्याम्पियनसिपकाे उपािध मार्भलस बोर्डिङ्गलाई
७५ विद्यालयका ५५० खेलाडी सहभागी भएको बृहत दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनमा मनकामना विद्यालय दाेस्राे र त्रियाेग हाइस्कुल तेस्राे भए ।

नेपाल बुद्धिचाल महासंघ र अन्नपूर्ण स्कूलको संयुक्त आयोजना रहेको २० औं अन्नपूर्ण दोश्रो राष्ट्रिय स्कूल चेस च्याम्पियनसिप सोमबार सम्पन्न भएको छ ।
७५ विद्यालयका खेलाडी सहभागी भएको बृहत दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनको उपाधि मार्भलस इङ्गलिस बोर्डिङ स्कूलले जित्न सफल भएकाे छ ।
उमेर समूह युवा - ९, ११, १३, १३ वर्षमाथिका छात्र र छात्राबीच प्रतिस्पर्धा भएको प्रतियोगितामा मार्भलस इङ्गलिस बोर्डिङ्ग स्कूलले ४५ अंक जोडेर स्कूल च्याम्पियन भएकाे हाे ।
कूल ५५० विद्यार्थी खेलाडी सहभागी रहेको स्पर्धामा मनकामना विद्यालय ४० अङ्क बनाउँदै दोस्रो स्थानमा रहन सफल भयाे ।
यस्तै त्रियोग हाइस्कुलले ३८ अङ्क जोडेर तृतीय स्थान सुरक्षित बनायाे ।
ज्याठास्थित अन्नपूर्ण स्कूलमा चार दिनसम्म सञ्चालन भएको राष्ट्रिय प्रतियोगिताअन्तर्गत युवा - १३ वर्षमाथिका छात्र समूहमा काठमाडौँ प्रज्ञा कुञ्जका कशिभ कार्की प्रथम, भ्याली पब्लिक हाइस्कुलका अनमोल राई द्वितीय र डिएभी स्कुलका हर्षवर्धन राठी तृतीय हुनुभयाे ।
यसै समूह अन्तर्गत छात्रातर्फ मनकामना स्कुलका प्रेसियस अधिकारी प्रथम, सूर्योदय सेकेन्डरी बोर्डिङ स्कुलका अनन्य सैजु द्वितीय र काठमाडौँ प्रज्ञा कुञ्जका नेलिसा ओझा तृतीय बन्नुभयाे ।
युवा छात्र १३ वर्षमुनि एसियन पब्लिक स्कुलका दिपन मैनाली प्रथम, पाठशाला नेपाल फाउन्डेसनका ओस्कार पन्थी द्वितीय र मार्भलसका ब्रिज नन्दन झा तृतीय हुनुभयाे ।
१३ वर्षमुनि छात्रातर्फ मनकामना स्कुलका मेघना अधिकारी प्रथम, नितिन मेमोरियलका परियचा बोलाखा द्वितीय र त्रियोग हाइस्कुलका परिधि खत्रीले तृतीय स्थान प्राप्त गर्नुभयाे ।
काठमाडौँ महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष योगेश खड्काको प्रमुख आतिथ्यतामा प्रतियोगिताका विजयी विद्यालयलाई च्याम्पियन ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएकाे थियाे ।
एस आईबीएस बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
_111uIAn6sR_jeervyjobdlgxitsltxj723r25hrqw6gwaz8csyuuafsmm8kzlhoeiopnnzo_8sG5zFxSxF_yjizwgclhtvitooq2nmbjz1yyrxx0bb6u1l9zwq9rgvwopobljs3dnipsdnw.jpeg)
रिब्स र मल्पी सेमिफाइनलमा
न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

रेडियन्ट रिडर्स एकेडेमी क्वार्टरफाइनलमा
पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि
स्प्रिङ भ्याली र ज्ञान मन्दिर काठमाडौं छात्र फुटसलकाे प्रि–क्वार्टर फाइनलमा

यू-२० महिला एसियन कप छनोटमा नेपालको जित
_ftxbxmFVMU_fak6if1ynlzo8ajq6hueqsdqof6z5lxxm1y8m6l3fphymrldlt8aso9c6jee_5I8KlDQL8d_klgmexqq1bijrsk9rhodmaipry2lt9y9vktv5phxvmqjhyrzercy9dqx5rhf.jpeg)
प्रतिक्रिया