गर्मीले विद्यार्थी बिरामी
कतिपय विद्यालयले बिहानकाे कक्षा सञ्चालन गर्न थालेका छन् भने कतिपयले बिदासमेत दिन थालेका छन् ।
तराईका जिल्लामा अत्यधिक गर्मीले पठनपाठन प्रभावित हुन थालेकाे छ ।
कतिपय विद्यालयले बिहानकाे कक्षा सञ्चालन गर्न थालेका छन् भने कतिपयले बिदासमेत दिन थालेका छन् ।
धनुषा र बाराको कलैया उपमहानगरपालिका वडा न १० स्थित मटिअर्वा माविमा गर्मीका कारण विद्यार्थीमा रिंगटा लाग्ने, चक्कर आउने जस्ता समस्या देखिन थालेको छ ।
४/५ जना छात्रछात्रालाई विद्यालय नर्सबाट उपचारपछि घर पठाइएको छ ।
तराईका जिल्लामा तापक्रम ४० डिग्री सेल्सियससम्म मापन गरिएको छ । गर्मी धान्न नसकिने अवस्था देखिएकाले कलैया उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालय तीन दिन बन्द गरेको छ ।
कलैयाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख राजीवकुमार यादवले एक सूचना जारी गर्दै बुधबारदेखि आइतबारसम्म तीन दिन सामुदायिक र संस्थागत सबै विद्यालय बन्द रहने जनाउनुभएकाे छ ।
केही विद्यालयहरुमा वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालयहरु तीन दिन बन्द गरिएको सूचनामा उल्लेख छ ।
यस्तै धनुषाको सबैला नगरपालिका- २ स्थित श्रीराम प्रसाद माध्यमिक विद्यालयका २० जनाभन्दा बढी बालबालिका गर्मीकै कारण मुर्छित भएका छन् । ती विद्यार्थीलाई अस्पतालमा भर्ना गरिएको छ ।
पर्साको पोखरिया नगरपालिकाले पनि विद्यालयहरुमा गर्मी बिदा दिएको छ । पोखरियाका मेयर प्रदुमनप्रसाद चौहानले बढ्दो अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सामुदायिक र संस्थागत विद्यालयहरु तीन दिन बन्द गरिएको सूचना जारी गर्नुभएकाे हाे ।
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'
तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'
राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु
ग्लोबल आइएमई बैंकद्वारा नगद लाभांश घोषणा
प्रतिक्रिया