सायम अन्तरकलेज फुटसल असारमा
सायम कलेजको आयोजनामा हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिता असार ११ गतेदेखि हुने भएको छ ।

सायम कलेजको आयोजनामा हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिता असार ११ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा २४ देखि ३२ छात्र टिमको सहभागिता अपेक्षा गरिएको सायमका प्रिन्सिपल अशोकराज पाण्डेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयाे । स्नातक तह सेमेस्टर प्रणालीका कलेज प्रतियोगितामा सहभागी हुने छन् ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ९० हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान ३–३ हजार नगद पुरस्कारसहित गिफ्ट भौचर प्राप्त गर्ने छन् । उत्कृष्ट प्रशिक्षकले ट्रफीसहित गिफ्ट भौचर पाउने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख ५० हजार खर्च हुने सायमका भाइस प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिनुभयाे । तीनदिने प्रतियोगिताका खेलहरु भक्तपुरको दिब्येश्वरी प्लानिङस्थित रोयल नेपाल फुटसलमा लिग कम नकआउट आधारमा खेलाइने छ ।
एस आईबीएस बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
_111uIAn6sR_jeervyjobdlgxitsltxj723r25hrqw6gwaz8csyuuafsmm8kzlhoeiopnnzo_zfBimJ1AEM_4y33xix0rjowprtxcgpkgv23bln8ocxe5az7zpp2314l1ksgrww052jlcjuc.jpeg)
रिब्स र मल्पी सेमिफाइनलमा
न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

रेडियन्ट रिडर्स एकेडेमी क्वार्टरफाइनलमा
पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि
स्प्रिङ भ्याली र ज्ञान मन्दिर काठमाडौं छात्र फुटसलकाे प्रि–क्वार्टर फाइनलमा

यू-२० महिला एसियन कप छनोटमा नेपालको जित
_ftxbxmFVMU_fak6if1ynlzo8ajq6hueqsdqof6z5lxxm1y8m6l3fphymrldlt8aso9c6jee_5I8KlDQL8d_klgmexqq1bijrsk9rhodmaipry2lt9y9vktv5phxvmqjhyrzercy9dqx5rhf.jpeg)
प्रतिक्रिया