नेपाली बालबालिकाको शिक्षाका लागि बेलायती परिवार सगरमाथा आधार शिविरमा
विश्वका १४ अग्ला हिमाली आधार शिविरहरू चढ्ने क्रममा बेलायतको ब्राकनेलका जोन र मार्टिना दुई छोरासहित सर्वोच्च शिखर सगरमाथाको आधार शिविर पुग्नुभएको हो ।

चार जनाको परिवार एउटा ठूलो ढुङ्गाको अगाडि हात हल्लाएर उभिइरहेको छ, जसमा रातो अक्षरमा लेखिएको छ– एभरेस्ट बेस क्याम्प ५,३६४ मिटर ।
यो बेलायतको ब्राकनेलका जोन र मार्टिनाकाे परिवार हो । नेपाली बालबालिकाको अध्ययनका लागि पैसा जुटाउन विश्वका १४ अग्ला हिमाली आधार शिविरहरू चढ्ने क्रममा जोन र मार्टिना आफ्ना १० र १२ वर्षीय छोराहरू बेन्जामिन र विलियमलाई लिएर नेपालस्थित सर्वोच्च शिखर सगरमाथाको आधार शिविर पुग्नुभएको हो ।
उहाँहरू दुर्गम स्थानमा शिक्षालाई सहयोग गर्ने निम्सदाइ फाउन्डेसनका लागि पैसा जुटाउने अभियानमा हुनुहुन्छ । ‘सगरमाथा चढ्नु एक असाधारण अनुभव हो,’ जोनले भन्नुभयो, ‘हामीले पाँच वर्षभित्र ११ सय किलोमिटर पदयात्रा गर्दै विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालका आधारशिविर पुग्ने लक्ष्य लिएका छौं ।’
जोन र मार्टिना वर्कसायरमा पढाउनुहुन्छ । सगरमाथा आधार शिविरबाट नजिकै रहेको खुम्जुङ माध्यमिक विद्यालयको भ्रमण गरेपछि यहाँको शिक्षामा केही न केही सहयोग गर्नुपर्छ भनेर आफूहरू लागिरहेको जोनले बताउनुभयो ।
‘कक्षाकोठाको आकार देखेर हामी छक्क पर्यौं, सानो कोठामा ४५ जनासम्म बसेका थिए,’ जोनले भन्नुभयो, ‘बालबालिका शिक्षा प्राप्त गर्न संघर्ष गरिरहेका थिए ।’
जाेनकाे परिवार अघिल्लो वर्ष पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल माउन्ट केटुको आधार शिविर पुगेको थियो ।
सगरमाथा आधारशिविर टेकेसँगै यो परिवार आफ्नो चुनौतीको आधा बिन्दुमा आइपुगेको छ ।
(बिबिसीबाट)

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम

माइलापछि पूजा पनि चिडियाखानामा

गर्मीले विद्यार्थी बिरामी

विद्यार्थी घटेपछि आमाहरू विद्यालय भर्ना

बालकुमारी कन्या माविमा रजस्वला सचेतना

नेसनल प्याब्सनको प्रशिक्षण कार्यक्रम मोरङमा

कक्षा १२ काे परीक्षा सुरु

प्रतिक्रिया