महामञ्जुश्री कप बास्केटबलमा तीन टोली च्याम्पियन
महामन्जुश्री सेकेन्डरी स्कुलको आयोजनामा नागर्जुन नगरपालिका वडा–५ मा सम्पन्न प्रतियोगितामा विल्सन सिनियर ब्वाइजमा, चाँदबाग गर्ल्समा र ग्रिनफिल्ड जुनियर ब्वाइजमा च्याम्पियन भएका हुन् ।

विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड प्रथम महामञ्जुश्री कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको तीन फरकफरक विधामा च्याम्पियन भएका छन् ।
महामन्जुश्री सेकेन्डरी स्कुलको आयोजनामा नागर्जुन नगरपालिका वडा–५ मा सम्पन्न प्रतियोगितामा विल्सन सिनियर ब्वाइजमा, चाँदबाग गर्ल्समा र ग्रिनफिल्ड जुनियर ब्वाइजमा च्याम्पियन भएका हुन् ।
सीतापाइलास्थित आयोजकको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनल विल्सन एकेडेमीले टिआईएलाई १७–१४ स्कोरले हरायो । गर्ल्सको फाइनलमा चाँदबागले त्रिज्योतिलाई १०–८ स्कोरले हराउँदै उपाधि उचाल्यो । जुनियर ब्वाइजमा ग्रिनफिल्डले फाइनलमा इडन ब्रिजलाई १०–८ ले हराउन सफल भयो । यस प्रतियोगितामा सिनियर ब्वाइजमा ग्रिनफिल्डका रिधाम नगरकोटी, जुनियर ब्वाइजमा विल्सनका अनुप मगर र गर्ल्समा चाँदबागकी अमलिका खड्का मस्ट भ्यालुएबल प्लेअर बन्नुभयाे ।
प्रतियोगितामा प्लेयर प्ले अवार्ड सिनियर ब्वाइजमा माइलस्टोन, जुनियर ब्वाइजमा मनास्लु स्कुल र गर्ल्समा आर्या एकेडेमीले प्राप्त गरेका महामन्जुश्रीकी प्रशिक्षक शैलेश श्रेष्ठले जानकारी दिनुभयाे । उहाँका अनुसार राइजिङ टिमअन्तर्गत सिनियर ब्वाइन क्यानभास, जुनियर ब्वाइज शिसु निकुञ्ज र गर्ल्समा नवीनज्योतिले सफलता पाए ।
प्रतियोगिताका विजेतालाई नागर्जुन नगरपालिका वडा–५ का अध्यक्ष महेश रिमाल, महामञ्जुश्रीका प्रिन्सिपल चूडामणि मरासिनी र भाइस प्रिन्सिपल हेमलता चाम्लिङलगायतले पुरस्कृत गर्नुभएकाे थियाे । महामन्जुश्री सेकेन्डरी स्कुलको आयोजनामा लिगकम नकआउट आधारमा दुई दिनसम्म भएको प्रतियोगिता गत बिहीबार सुरु भएको थियो ।
प्रतियोगितामा तीन विधामा विभिन्न ४१ विद्यालयका ६३ टोलीले प्रतिस्पर्धा गरेको महामन्जुश्रीका प्रिन्सिपल चूडामणि मरासिनीले जानकारी दिनुभयाे । सिनियर ब्वाइजमा ३२, जुनियर ब्वाइजमा १५ र सिनियर गल्र्समा १६ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रिन्सिपल मरासिनीले विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्न र प्रतिभावन खेलाडीको पहिचान गर्न यस किसिमको प्रतियोगिता निरन्तर रूपमा आयोजना गर्ने बताउनुभयाे ।
एस आईबीएस बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
_111uIAn6sR_jeervyjobdlgxitsltxj723r25hrqw6gwaz8csyuuafsmm8kzlhoeiopnnzo_zfBimJ1AEM_4y33xix0rjowprtxcgpkgv23bln8ocxe5az7zpp2314l1ksgrww052jlcjuc.jpeg)
रिब्स र मल्पी सेमिफाइनलमा
न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

रेडियन्ट रिडर्स एकेडेमी क्वार्टरफाइनलमा
पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि
स्प्रिङ भ्याली र ज्ञान मन्दिर काठमाडौं छात्र फुटसलकाे प्रि–क्वार्टर फाइनलमा

यू-२० महिला एसियन कप छनोटमा नेपालको जित
_ftxbxmFVMU_fak6if1ynlzo8ajq6hueqsdqof6z5lxxm1y8m6l3fphymrldlt8aso9c6jee_5I8KlDQL8d_klgmexqq1bijrsk9rhodmaipry2lt9y9vktv5phxvmqjhyrzercy9dqx5rhf.jpeg)
प्रतिक्रिया