ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढीमा बृक्षरोपण
बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा यस आर्थिक वर्षमा मुलुकभर १८ हजार बिरुवा रोप्ने लक्ष्य लिएको छ ।
_sHdUeBoE8B_xp5o1j9wocqt7eueawbmetttks7ehid0hy6fdalrngv78onxss1yhqt2drhe_JJ3MXhMt96_taqj5exahxu8qnu2wlsmiamwvtmwozi3406g3btqucnbpeafbjvarr5ugyi6.jpeg)
ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षरोपण गरेको छ ।
बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरुमा १००० वटा फलफुलको विरुवाहरु रोपेको हो । बृक्षरोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रध्यानाध्यापक, विद्यालयका प्रतिनिधि, विद्यार्थी र स्थानीयको उपस्थिति रहेको थियो ।
साथै, बैंकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडाहरुमा १५०० वटा बाँसका बिरुवा रोपेको छ । बैंकले सञ्चालन गरेको बृक्षरोपण कार्यक्रममा खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख, नेपाली आर्मी र नेपाल प्रहरीका जिल्ला नेतृत्व तथा प्रतिनिधिहरु र स्थानीय व्यक्तीहरुको उपस्थिति रहेको थियो ।
बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा यस आर्थिक वर्षमा मुलुकभर १८ हजार बिरुवा रोप्ने लक्ष्य लिएको छ ।
बैंकले विश्व वातावरण दिवसको अवसर पारेर ७ वटै प्रदेशहरुका विभिन्न स्थानमा बृक्षरोपण गरिरहेको हाे । साथै, उक्त बृक्षरोपणले जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयको आयआर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकको ‘धान खेती कर्जा’
ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

कमाइको केही प्रतिशत लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ : अध्यक्ष…

प्रतिक्रिया