माछा (बालगीत)
यताउता नाचे माछा हेर्दै रमाएँ , भ्यागुतो होइन साथी मैले माछा समाएँ ।
आज मैले देखेँ साथी !
माछा खोलीमा
नाच–नाच भने मैले
मीठो बोलीमा
आज मैले देखेँ साथी !
यताउता नाचे माछा
हेर्दै रमाएँ
भ्यागुतो होइन साथी मैले
माछा समाएँ
आज मैले देखेँ साथी !
अब कहिल्यै समाउँदिन
माछा मैले त
पानीबाट झिके मर्छन्
बुझेँ मैले त
आज मैले देखेँ साथी !
बालसंसारको नयाँ बालगीत `आयो नयाँ पालुवा´ सार्वजनिक
गाइने दाइ (बालगीत)
ध्यानको रन्को (लघुकथा)
जनकपुरको जादुई विवाह (भाग–२)
जनकपुरको जादुई विवाह (बाल-उपन्यास)
चिप्लेकीरा (बालगीत)
विनाेदी, उदासी र घिमिरेलाई माधव वियाेगी पुरस्कार र सम्मान प्रदान
प्रतिक्रिया