माछा (बालगीत)
यताउता नाचे माछा हेर्दै रमाएँ , भ्यागुतो होइन साथी मैले माछा समाएँ ।

आज मैले देखेँ साथी !
माछा खोलीमा
नाच–नाच भने मैले
मीठो बोलीमा
आज मैले देखेँ साथी !
यताउता नाचे माछा
हेर्दै रमाएँ
भ्यागुतो होइन साथी मैले
माछा समाएँ
आज मैले देखेँ साथी !
अब कहिल्यै समाउँदिन
माछा मैले त
पानीबाट झिके मर्छन्
बुझेँ मैले त
आज मैले देखेँ साथी !
प्रतिक्रिया